एमाले र काग्रेसद्धारा सहमति हुन नसक्नुको दोष माओवादी र मोर्चालाई, सत्ता कब्जा गर्ने रणनीतिमा लागेको दावी

१३ जेष्ठ २०६९, शनिबार २०:४५ मा प्रकाशित

काठमाडौ, १३ जेठ । नेपाली काग्रेस र नेकपा एमालेले राज्यपुर्नसंरचनाको विषयमा प्रमुख दलहरुवीच सहमति बन्न नसके जेठ १४ भित्र संविधान जारी हुन नसक्ने निष्कर्समा पुगेका छन् ।
मोर्चासहितको तीन दलको शिर्ष बैठकमा सहमति बन्न नसकेपछि सिहदरवारस्थित आ आफ्नै संसदीय दलको बैठकमा आन्तरिक छलफल गरेर काग्रेस र एमाले त्यस्तो निष्कर्समा पुगेका हुन ।
नेपाली काग्रेसले माओवादी सहमतिकोलागी लचक नभएको आरोप लगाउँदै माओवादी संविधानसभा विघठन गरेर सत्ता कब्जा गर्ने रणनीतिमा लागेको ठोकुवा गरेको छ ।
काग्रेसले विवादित विषयमा सहमति बन्न नसकेसम्म संविधान जारी हुन नसक्ने निष्कर्स निकाल्दै त्यसको जिम्मेवारी माओवादी र मधेसी मोर्चाले लिनु पर्ने स्पष्ट पारेको छ ।
एमालेले पनि राज्यपुर्नसंरचनामा सहमति नभएसम्म संविधान जारी हुन नसक्ने स्पष्ट पार्दै एकल जातीय पहिचानमा मुलुक जान नसक्ने स्पष्ट पारेको छ । उसले भोली रातीसम्म पनि सहमतिकोलागी प्रयास गरेर यहि संविधानसभाबाट संविधान जारी गर्ने प्रयास गर्ने स्पष्ट पार्दै सहमति नबने जेठ १५ गते छलफल गरेर भावी रणनीति तय गर्ने  बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ