पहिरोका कारण त्रिशूली–काठमाडौं सडकखण्ड अबरुद्ध

२५ भाद्र २०७१, बुधबार १०:५४ मा प्रकाशित

काठमाडौं, २५ भदौ । नुवाकोटको त्रिशूलीबाट काठमाडौं आउने सडकका एकसय भन्दा बढी ठाउँमा पहिरो जाँदा काठमाडौ त्रिशूली सडकखण्ड अबरुद्ध भएको छ । गएराती गएको पहिरोले बाटो अबरुद्ध भएपछि बाटोमा अलपत्र परेका ८० जनाभन्दा बढि यात्रुलाई प्रहरीले डोरीको सहायताले उद्धार गरेको छ ।

मंगलबार बिहानदेखि परेको पानीका कारण जताततै पहिरो गएपछि सडकमा गुडिरहेको एक दर्जन गाडीहरु फँसेका थिए । प्रहरीकाअनुसार त्रिशूलीबाट करिब ३५ किलोमिटर टाढा मदानपुर र आसपासको क्षेत्रमा हिजो अपरान्हदेखि रातीसम्म एकसय भन्दा बढी ठाउँमा पहिरो गएको थियो । ककनी र त्रिशूलीबाट प्रहरी टोली परिचालन गरि अलपत्र यात्रुको उद्धार गरिएको थियो ।

पहिरोमा परि २ यात्रु घाईते भएका छन् । घाईतेहरुलाई उपचारका लागि काठमाडौं ल्याईएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका निमित्त प्रमुख प्रकाश शर्माले जानकारी दिए ।

नेपाली सेना र प्रहरीको टोलीले स्काभेटरको सहायतामा बाटो खुलाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका निमित्त प्रमुख शर्माले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

वालिङ । स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक

म्याग्दी । म्याग्दी र यस वरपरका क्षेत्रमा नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव छ । जसका कारण देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् जल तथा

तुलसीपुर । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल