सार्क सम्मेलनको तयारी तीव्रः व्यवस्थापनका लागि ६९ करोड

२५ भाद्र २०७१, बुधबार १०:२६ मा प्रकाशित

काठमाडौं, २५ भदौ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८औँ शिखर सम्मेलनका लागि सरकारले सम्मेलन आसपासका क्षेत्र र प्रमुख सडकको सरसफाई तथा मर्मत तीव्ररुपमा अगाडी बढाएको छ ।

दक्षिण एसियाका आठ राष्ट्र संलग्न सार्कको १८औँ शिखर सम्मेलन यसपटक नेपालको आयोजनामा आउँदो कात्तिकमा काठमाडौँमा हुँदै छ ।
सम्मेलन नजिकिँदै गरेकाले सम्मेलन आसपासका क्षेत्रको सरसफाइ तथा मर्मत कार्य तीव्ररुपमा अगाडि बढेको महानगरपालिका वातावरण महाशाखा प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए ।

वृक्षारोपणको काम लगभग पनि सकिसकेको छ । महानगरपालिकाले घण्टाघर, रत्नपार्क, खुल्लामञ्च, भद्रकाली, सहिदगेटको मर्मत तथा रङरोगन र नेपालको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको हनुमानढोका दरबार क्षेत्रमा पनि विशेष सजावटको कार्य अगाडि बढाएको छ ।

सम्मेलनलाई लक्षित गरेर काठमाडौँका भित्री सडक निर्माण र फोहोरमैला व्यवस्थापनका लागि ६८ करोड ७० लाख विनियोजन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा