शीर्ष नेताहरुको बैठक सिंहदरबारमा

२५ भाद्र २०७१, बुधबार ०८:२५ मा प्रकाशित

काठमाडौं, २५ भदौ । संविधानका अन्तरवस्तुमा सहमति खोज्ने प्रयास स्वरुप तीन दलका शीर्ष नेताहरुको बैठक बस्न लागेको छ । सिंहदरबारमा बिहान साढे ८ बजे सुरु हुन लागेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शिर्ष नेताहरु सहभागी हुने भएका छन् । बैठकमा संविधानसभा बाहिर रहेको नेकपा एमालेले माग गरेको राष्ट्रिय राजनीतिक सभाका लागि गर्नुपर्ने तयारीका विषयमा पनि छलफल हुने भएको हो । सांविधानका सबै भन्दा बढी विवादित राज्यको पुनरसंरचना, शासकिय स्वरुप, न्यायप्रणालीका विषयमा छिटो सहमति गरेर अन्तिम मस्यौदा बनाउने कसरत स्वरुप दलहरुले छलफललाई निरन्तरता दिइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस