नयाँ संविधानमा बन्द हड्ताल निषेधको व्यबस्था गर्न प्रस्ताव

२५ भाद्र २०७१, बुधबार ०८:१३ मा प्रकाशित

Banda-Vallyकाठमाडौ, २५ भदौ । दोस्रो संबिधान सभाले निर्माण गर्न लागेको नयाँ संविधानमा बन्द हड्ताल निषेधको व्यबस्था गरिनु पर्ने प्रस्ताब प्रस्तुत गरिएको छ । संविधानसभाको राजनीतिक संवाद तथा विवाद सामधान समितिमा पुरानो कानुनमा भएको बन्द हड्ताल सम्बन्धी व्यबस्था हटाई निषेध गर्नुपर्ने व्यबस्था गर्न प्रस्ताब पेश भएको हो । संविधानसभाको राजनीतिक संवाद तथा विवाद सामधान समिति अन्तर्गत गठित उपसमितिले बिकसित मुलुकको बन्द-हड्ताल सम्बन्धी कानुनी व्यबस्थाको अध्ययन गरी यस्तो प्रस्ताब अघि सारेको हो । ‘प्राप्त जानकारी अनुसार विश्वका कुनैपनि मुलुकको मौलिक अधिकारमा हड्ताल गर्न पाउने संबैधानिक र कानुनि व्यबस्था रहेको छैन । समितिका एक सदस्यले दावी गरे, ‘ बन्द हड्ताल सम्बन्धी व्यबस्था हटाई कुनै पनि निकायमा बन्द हड्ताल गर्न नपाउने नयाँ संबैधानिक व्यबस्था राख्नुपर्ने प्रस्ताब पेश गरिएको छ ।’

२०४६ को अज्नितिक परिवर्तन पछि राजनीतिक दल, तीनका भातृ संगठन तथा विभिन्न समूहको नाममा उद्योग धन्दा कलकारखाना, शैक्षिकसंस्था, सार्वजनिक निकायमा हड्ताल तथा नेपाल बन्द लगायतका कार्यहरु बढदै गएपछि निराकरणको उपायस्वरुप संविधानमै उल्लेख गर्न यस्तो प्रस्ताब पेश भएको समितिले जनाएको छ । समितिले गरेको प्रस्ताबमाथी छलफल भने हुन बाँकी छ ।

समिति सभापति बाबुराम भट्टराईलाई केहिदिन अघि बुझाएको प्रस्ताबमा कुनै पनि निकायमा बन्द हड्ताल गर्न नपाउने नयाँ संबैधानिक व्यबस्था राख्नुपर्ने प्रस्ताब पेश गरिएको छ ।

यस अघि निजी क्षेत्र र अर्थविदहरुले बन्द, हड्तालको चर्को विरोध गर्दै आएका छन् । निजी क्षेत्रले बन्द हड्ताल निशेष कानुनमै व्यबस्था गर्नुपर्ने माग यस भन्दा पहिलेदेखि नै उठाउदै आएको मुद्धा हो । संविधानमा भएको प्रस्ताबबारे सकारात्मक कदम भएको टिप्पणी गर्दै संबिधानमा उल्लेख गर्नु स्वागतयोग्य कदम हुने निजि क्षेत्रको प्रतिक्रिया छ ।

तर दल सम्बद्ध ट्रेड युनियन संघ संगठनका नेताहरुले बन्द-हड्ताल गर्न नपाउने ऐनमा राखिने व्यबस्थाको बिरोध गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो

आजको प्रमुख समाचार