प्रेस युनियनको अध्यक्षमा देउबा पक्षीय बद्री सिग्देल विजयी

२४ भाद्र २०७१, मंगलवार ०८:३२ मा प्रकाशित

Badri sigdelपोखरा, २४ भदौ । पोखरामा सोमबार राति सम्पन्न मत परिणाम अनुसार नेपाल प्रेस युनियनको आठौं महाधिवेशनमा ६ सय ४२ मत ल्याएर अध्यक्षमा बद्री सिग्देल विजयी भएका छन्। उनका प्रतिद्धन्दी शिवप्रसाद लम्सालले ४ सय ४४ मत र भुवन भट्टले ६९ मत पाएका थिए। बरिष्ठ उपाध्यक्षमा ४ सय ४५ मतका साथ निर्वाचित भएका छन् ।

यसैगरी उपाध्यक्षमा इश्वरी ओझा ५ सय ७२ मत र ३ सय ९३ मत ल्याएर पोखराका पत्रकार रमेश पौडेल विजयी भएका छन् । यस्तै बाला अधिकारी महिला उपाध्यक्ष निर्विरोध भएकी थिइन् भने विजयसन्तोषी राई ६ सय २९ मत ल्याएर समावेशी उपाध्यक्ष भएका छन्।

महासचिवमा ६ सय २२ मत ल्याएर अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । यसैगरी ७ सय ८२ मत र ५ सय ८५ मतका साथ भीष्मराज ओझा उपमहासचिवमा निर्वाचित चयन भएकी भए । सलोजा दाहाल महिला उपमहासचिवमा निर्विरोध भएकी थिइन् । यसैगरी सचिवमा सचिवमा ४ सय १० मतका साथ खिला कार्की र ३ सय ९९ मतका साथ सूर्यकुमार क्षेत्री निर्वाचित भएका छन् भने दिपा आले महिला सचिवमा निर्विरोध चयन भएकी थिईन्।

यसैगरी पश्चिमाञ्चल संयोजकमा ३ सय ३६ मतका साथ प्रदिप काफ्ले निर्वाचित भएका छन् भने लीलाबल्लभ घिमिरे पूर्वाञ्चल, देवेन्द्र वर्मा मध्य पश्चिमाञ्चल, लालबहादुर ऐरी सुदुर पश्चिमाञ्चल, महेशचन्द्र पौडेल मध्यमाञ्चलमा निर्वाचित भएका छन् । गण्डकी अञ्चल संयोजकमा आइतबार नै सर्वसंवत रुपमा टंक अधिकारी चयन भएका थिए।

यसैगरी अन्य अञ्चल संयोजकहरुमा धवलागिरीबाट ज्ञानेन्द्र गौतम, लुम्विनीबाट माधव अर्याल, मेचीबाट गोविन्द क्षेत्री, कोशीबाट उद्धव तिमिल्सेना, सगरमाथाबाट नविन राई, जनकपुरबाट रोशन न्यौपाने, नारायणीबाट संजय कार्की, वागमतीबाट मुरारी अधिकारी, राप्तीबाट केपी घिमिरे, भेरीबाट राजेन्द्र कार्की, कर्णालीबाट खगेन्द्र भट्टराई, सेतीबाट जगत सावद, महाकालीबाट हरिष भट्ट, उपत्यकाबाट निरज खतिवडा, प्रतिष्ठानबाट ठाकुर वेल्वासे चयन भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार