सरकार संचालनमा देउवा र पौडेलले असहयोग गरे : प्रधानमन्त्री कोइराला

२४ भाद्र २०७१, मंगलवार ०८:१५ मा प्रकाशित

Sushil Koralaकाठमाडौं, २४ भदौ । कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले आफुलाई वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले पार्टी र सरकार सञ्चालनमा असहयोग गरेको आरोप लगाएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा सभापति कोइरालाले वरिष्ठ नेता देउवा र उपसभापति पौडेलले पाटीमा गुटबन्दीलाई संस्थागत रूप दिएको आरोप समेत लगाए। बैठकमा सभापति कोइरालाले भने ‘म निर्वाचित सभापति र निर्वाचित प्रधानमन्त्री हुँ, मलाई काम गर्न दिनुस्, ग्रुपिजम नगरौं । ‘ कोइरालाले जोड दिए, ‘शेरबहादुरजीलाई पनि पटक पटक भने ग्रुपिजम नगर्नुस्, पार्टीलाई एक ढिक्का बनाउन मैले जे त्याग गर्नुपरे पनि तयार छु । ‘

पार्टीको सार्वजनिक आग्रहविपरीत वरिष्ठ नेता देउवा डेमोक्रेटिक लयर्स एसोसिएसन (डिलए) को विशेष महाधिवेशन उद्घाटन गर्न गएकोप्रति कोइरालाले निकै असन्तुष्टि व्यक्त गरेका छन्। गुटबन्दी गर्ने गरी डिलएको महाधिवेशनमा किन गएको भनेर देउवालाई प्रश्न गर्दै कोइरालाले बैठकमा भने, ‘संविधान निर्माण जस्तो गहन अभिभारा कांग्रेससामु छ, तर तपाईंहरू गुट बनाउने, ग्रुपिजम बनाएर अघि बढ्दै हुनुहुन्छ ।’
गुटबन्दी र आफ्नै समूह निर्माणमा ठूला नेता नै केन्द्रित हु“दा आफ्नै मन्त्रीबाट पनि सहयोग नपाएको गुनासो गर्दै कोइरालाले सबैलाई आफ्नो हैसियत र जिम्मेवारीअनुसार काम गर्न सचेत गराउँदै पार्टीको काममा लाग्नसमेत निर्देशन दिए। ‘जसरी पनि संविधान बनाएर जानुपर्छ भन्ने मिसनमा म लागेको छु, तर तपाईंहरू गुटबन्दी भन्दै लाग्नुहुन्छ,’ कोइरालाले बैठकमा असन्तुष्टि जनाउँदै भनेका भनेका थिए, ‘गुट र उपगुटकै कारण सरकारमा आफ्नै मन्त्रीहरूको काम प्रभावकारी देखिएन ।’
उपसभापति पौडेलको नेतृत्वमा रहेको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले सुरु गरेको बिपी विचारयात्रा कार्यक्रमप्रति पनि कोइरालाले असन्तुष्टि जनाए। उनले कार्यक्रमप्रति नै अनभिज्ञता प्रकट गरे।
प्रधानमन्त्रीसमेत रहेका सभापति कोइराला बैठकको बीचबाटै बाहिरिएपछि बैठकमा वरिष्ठ नेता देउवाले कोइरालालाई प्रतिकूल अवस्थामा पनि सहयोग गरेको स्पष्टीकरण दिए।
डिलएको कार्यक्रममा सहभागी भएको विषय उल्लेख गर्दै देउवाले पार्टीमा गुटबन्दीलाई संस्थागत गर्न नभएर पुराना र जेलनेल भोगेका तथा पार्टीका मुद्दा हेरेका साथीले राखेको कार्यक्रममा सहभागी भएको दाबी गरे।

प्रधानमन्त्री कोइरालाले बोल्नुअघि उपसभापति पौडेलले संवाद समितिले शासकीय स्वरूप, संघीयता, निर्वाचन प्रणाली, नागरिकताका विषयमा सहमति जुट्न नसकेको जानकारी बैठकलाई गराएका थिए। मुख्य विवादित विषयमध्ये शासकीय स्वरूपमा एमालेस“ग सहमति नजिक पुगेको बैठकलाई जानकारी दिँदै पौडेलले संसदबाट निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिको शासकीय स्वरूपमा पनि सहमति नजिक रहेको बताए।
प्रधानमन्त्रीसमेत रहेका कोइरालाले बाहिरिएपछि केन्द्रीय सदस्य एवं सभासद शंकर भण्डारी, सभासद रामहरि खतिवडालगायतले असन्तुष्टि व्यक्त गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । नयाँ कमिटीमा नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक(आईजीपी)

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बाहिरिएका

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

आजको प्रमुख समाचार