बैद्य माओबादीको स्थाई संयन्त्र निर्माण गरिनु पर्ने नयाँ प्रस्ताव

२४ भाद्र २०७१, मंगलवार ०७:५८ मा प्रकाशित

Mohan-Baidhyaकाठमाडौ, २४ भदौ । नेकपा-माओवादीले संबिधान निर्माणमा सहमति जुटाउन दलहरुको स्थाई संयन्त्र निर्माण गरिनु पर्ने प्रस्ताव गरेपछि राजनीतिक सभा अनिश्चित भएको छ । नेकपा-माओवादीको स्थाई संयन्त्र निर्माण गरिनु पर्ने प्रस्ताव पछि राजनीतिक सभाको प्रक्रियालगायत विषयका बिषयमा सहमती जुटाउन कार्यदल असफल भएको छ । प्रमुख चार राजनीतिक दलका २ जना नेता संलग्न कार्यदलमा सहमति नजुटेपछि यो विषय अब शीर्ष नेतृत्वलेनै टुंग्याउनु पर्ने भएको छ ।

यस अघि सर्वपक्षीय राजनीतिक सभाको क्षेत्राधिकार, निर्णय प्रक्रिया र कार्यान्वयनका विभिन्न विकल्पमा सहमती जुटाई शीर्ष नेतालाई प्रतिवेदन बुझाउन कार्यदल बनेको थियो ।

सोमबार बसेको कार्यदलको बैठकमा बैद्य माओबादीले प्रस्ताब गरेको राजनीतिक सम्मेलन कहिले गर्ने भन्ने विषयमा समेत दलहरुबीच मतान्तर भएको थियो । सत्तारुढ घटक काग्रेस, एमालेले यसै महिनाभित्र सम्मेलन गर्नुपर्ने प्रस्ताब गरेका थिए । यस बिचमा असोज ३ गतेदेखि प्रधानमन्त्री स्वास्थ्य उपचार र संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने र प्रधानमन्त्रीको अनुपस्थितिमा सम्मेलनको औचित्य नुहुने धारणा कांग्रेस, एमालेका नेताहरुले राखेका थिए ।

मुख्य राजनीतिक दल काँग्रेस एमालेले माओवादीले संयन्त्रको कुरा उठाउनु र सभा गर्ने समय पनि लम्बाउन खोज्नुले संविधान सभाको प्रक्रियालाई अल्झाउन खोजेको भन्ने आशंका गरेको छ । यस अघि मूख्य राजनीतिक दल काँग्रेस एमाले संविधानसम्बन्धी अन्तिम निर्णय संविधानसभाले गर्ने भए पनि संविधानका मूख्य अन्तर्वस्तुमा छलफल गर्न सकिने जनाउदै राजनीतिक सभा स्वीकारेका थिए ।

उता माओवादी भने विगतका सहमतिको कार्यान्वयन र राष्ट्रिय राजनीतिक विषयहरुमा दलहरुबीच सहमती गर्नुपर्ने र त्यसको निर्णयका लागि बेग्लै राजनीतिक संयन्त्र बन्नुपर्ने मागमा अडिग देखिएको छ । एमाओवादीले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नुपर्ने र त्यसको नेतृत्व आफैले गर्नुपर्ने माग गरिरहेको बेला बैद्य पक्षले पनि राजनीतिक संयन्त्रको माग गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

आजको प्रमुख समाचार