इबोला भाइरसको संक्रमणले सियरालियोन ४ दिनका लागि बन्द

२२ भाद्र २०७१, आईतवार २१:४८ मा प्रकाशित

Sierra Leoneफिटाउन (बीबीसी), २२ भदौ । प्राणघातक इबोला भाइरसबाट सबभन्दा बढी प्रभावित पश्चिम अफ्रिकी मुलुक सियरालियोनमा सरकारले यसको नियन्त्रणका लागि चार दिनको बन्दको घोषणा गरेको छ। यसअनुरूप १८ देखि २१ सेप्टेम्बरसम्म नागरिकलाई घर छाडेर जाने अनुमति हुन्न। यसको निगरानीका लागि सरकारले २० हजार जनशक्ति तैनाथ गरेको छ।

संक्रमणलाई बढ्न नदिन चिकित्साकर्मीको सुझावअनुरूप यो कदम चालिएको हो। इबोला भाइरसको संक्रमण विस्तार हुन नदिन गत महिना लाइबेरियाको राजधानी मोनरोभियाको झुपडपट्टी क्षेत्रमा साताभरका लागि नाका बन्दी गरिएको थियो।

यसको प्रकोपबाट हालैको महिनामा सियरालियोन, लाइबेरिया, गिनी र नाइजेरियामा करिब २ हजार १ सयको ज्यान गइसकेको छ। विश्व स्वाथ्य संगठन -डब्लूएचओ) ले शुक्रबार सुरक्षित परीक्षण प्रक्रिया पूरा भएपछि नोभेम्बरदेखि स्वास्थ्यकर्मीलाई खोप लगाइने सम्भावना व्यक्त गरेको थियो। मार्चमा यसको प्रकोप सुरु भएदेखि सिरालियोनमा २० भन्दा बढी चिकित्सकको मृत्यु भइसकेको छ।

‘बन्दको अपहेलना हुने अपेक्षा गरेका छैनौं, सरकारी निर्देशनलाई मान्नुस्, नत्र कानुन तोडेको ठहर हुनेछ,’ स्वास्थ्य मन्त्रालयका सञ्चार निर्देशक सिदी याहया टयुनिसले भने, ‘अवज्ञा गर्नुको अर्थ राष्ट्रपतिको अपहेलना गर्नु हो।’ जनताले यसको पालना गर्ने इच्छा प्रकट गर्नु उक्त योजनाको सफलताको मुख्य आधार हुनेछ। तर बलजफ्ती यसको कार्यान्वयन गर्नुले सम्भवतः मानवअधिकारका मुद्दाहरू उठाउनुका साथै सभ्वतः हिंस्रक प्रदर्शन पनि गराउन सक्छ।

चिम्पान्जी, चमेरो र वनमृग लगायत संक्रमित जनावरको सम्पर्कमा आउँदा भाइरसको प्रसार हुन्छ। मानव मानवबीच संक्रमित रगत र अंगहरूबाट निस्कने शारीरिक द्रव्यको प्रत्यक्ष वा परोक्ष सम्पर्कमा आउँदा सहजै यो रोग फैलिन्छ।

यसबाट प्रभावित नाइजेरियाले बन्द विद्यालयहरू २२ सेप्टेम्बरदेखि खोल्ने भएका छन्। उक्त भाइरसको प्रकोपलाई नियन्त्रण गर्न त्यहाँ विद्यालयहरू बन्द गरिएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

टोकियो । जापानी रक्षा मन्त्री नोबुओ किशीले बिहीबार अमेरिकी विमानबाट इन्धन ट्याङ्की खसालिएको विषयमा अनुसन्धान समाप्त हुनु अघि एफ-१६ लडाकु

वासिङ्टन । अमेरिकामा ओमिक्रोन भेरियन्टका आठ सङक्रमित देखिएपछि राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमहरूको घोषणा गरेका छन् । तर बाइडेनले

काठमाडौँ ।यसअघि अन्तर्राष्ट्रिय विद्यार्थी र विदेशीहरुका लागि सिमाना खुलाउने घोषणा गरेको अष्ट्रेलियाले नयाँ ओमिक्रोन भेरियेन्टको प्रकोपपछि फेरि आफ्नो निर्णय बदलेको

भियना । अस्ट्रियाका पूर्वचान्सलर सिबास्टियन क्रुजले राजनीतिबाट सन्यास लिने घाेषाणा गरेका छन् । चान्सलरबाट राजीनामा दिएकाे केही सातापछि क्रुजले राजनीतिबाट