अष्ट्रेलियामा नेपाल फेस्टिभल महोत्सव सम्पन्न

२२ भाद्र २०७१, आईतवार २१:४१ मा प्रकाशित

Np Festअष्ट्रेलिया । प्रत्येक दुई वर्षमा आयोजना हुने नेपाल फेस्टिभल महोत्सव शनिबार सिड्नीको मुख्य भाग डार्लिङ हार्बरमा सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ अस्ट्रेलिया न्यु साउथ वेल्स राज्य समितिको संयोजनमा नेपाली दूतावास क्यानबेरा, महावाणिज्यदूतको कार्यालय न्यु साउथ वेल्स र सिड्नीका सामुदायिक संस्थाहरुको सहकार्यमा कार्यक्रम भएको हो ।

यस कार्यक्रममा गीत संगीत, नृत्य, खानाका परिकारहरु, हस्तकलाका सामान र नेपालीको व्यवसायबारे जानकारी आदि फोस्टिभलका मुख्य आकर्षण रहेका थिए । वर्षा र प्रतिकुल मौसमका बावजुद क्यानबेरा, मेलबर्न, ब्रिसवेन र एडिलेटबाट पनि सहभागीहरु मेलामा भेला भएका थिए । दिनको १२:४५ देखि राति ९ बजेसम्म चलेको यो महोत्सवलाई करिब २० हजार दर्शकले अवलोकन गरेको एनआरएनए अस्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले बताए ।

यो वर्ष नेपाल फेस्टिभललाई भव्य बनाउन २२ वटा विभिन्न तयारी समितिहरु बनाइएका थिए । महोत्सवको प्रमुख अतिथि अस्ट्रेलियाको केन्द्रीय मानव सेवा मन्त्री मेरिस पेनीले नेपाल महोत्सवमार्फत् अस्ट्रेलियामा नेपाल चिनाउन सफल भएकोमा नेपाली समुदायको प्रशंसा गरिन् । करिब एक घण्टासम्म चलेको औपचारिक कार्यक्रमलाई अस्ट्रेलियाका लागि नेपाली राजदूत रुद्रकुमार नेपाल, केन्द्रीय एमपी मिसेल रोलेन, सिनेटर स्याम डास्टायरी, न्यु साउथ वेल्स राज्यका विपक्षी नेता जोन रोर्वसन, महावाणिज्यदूतहरु दीपक खड्का र चन्द्र योञ्जन, गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घले, संरक्षक इन्द्रा वनले सम्बोधन गरेका थिए ।
एनआरएनए अस्ट्रेलियाका सचिव भरत पोखरेलका अनुसार, महोत्सवमा एनआरएनएका आइसीसी संरक्षक, सल्लाहकारहरु पदाधिकारीहरु, विभिन्न राज्यका संयोजकहरु सहभागी भएका थिए ।

महोत्सवमा ३२ वटा स्टल राखिएको थियो । जसमा १० वटा फुड स्टल रहेका थिए । बाँकी २२ वटा स्टलहरुमा विभिन्न व्यावसायिक क्षेत्रलाई छुट्याएको थियो । महोत्सवमा राखिएको नेपाल हाउस धेरैको आकर्षणको केन्द्र बनेको थियो । नेपाललाई शो केस गर्न बनाइएको यो स्टलमा नेपाललाई चिनाउने हस्तकलाका सामानहरु, नेपालका पर्यटकीय क्षेत्र, परम्परा, रीतिरिवाज प्रदर्शन गरिएको महोत्सव संयोजक हरि राम्जालीले बताए । महोत्सवमा पूर्वी पहाडका राई लिम्बुदेखि तराईका राजवंशी र थारु अनि पश्चिमका रोधी र मारुनी नृत्यहरु देखाइएको थियो । नेपालबाट आएका कलाकारहरु निमा रुम्बा, अनिल सिंह, लोक गायक ऋषि देवकोटाको प्रस्तुतिले महोत्सवमा आकर्षण थपेको थियो ।

एक खुट्टाले मात्र नाच्ने क्षमता भएकी रोमा न्यौपानेले पनि नृत्य गरेकी थिइन् । सिड्नीका स्थानीय कलाकारहरुले गायन र नृत्य प्रस्तुत गरेका थिए । साथै, सिड्नीका केही साहित्यिक सर्जकहरुलाई रचना वाचन गर्ने अवसर पनि दिइएको थियो । कार्यक्रम स्थलमा नियमित रुपमा लाखे र इन्द्र जात्रामा देखाइने गणेश (हात्ती)को नाच पनि देखाइएको थियो । नेपाल फेस्टिभलको सञ्चालन भीमसेन सापकोटा र जिना केसीले गरेका थिए । सन् २००६ देखि सुरु भएको नेपाल फेस्टिभल यो वर्ष मेलबर्न र ब्रिसबेनमा पनि हुँदै छ भने पर्थमा सम्पन्न भैसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

आजको प्रमुख समाचार