काठमाडौ, २२ भदौ । विवादित बिषयमा दलहरुबीच सहमति जुटाउने जिम्मेवारी पाएको संबैधानिक, राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले कार्यतालिकाको समयावधीभित्र गरेको कामको प्रतिवेदन सभामुख सुबास नेम्वाङलाई बुझाएका छन् ।
समितिलाई विवादित बिषयमा सहमति जुटाउन भदौं २१सम्मको अवधी दिइएको थियो ।
आइतबार समिति सभापति बाबुराम भट्टराईले सभामुख नेम्वाङलाई सहमतिको लागि समय थप गर्न आग्रहसहितको प्रतिवेदन बुझाएका हुन् ।
राज्यको पुर्नसंरचना, शासकीय स्वरुप, न्याय र निर्वाचन प्रणालीजस्ता बिषयमा दलहरुबीच सहमति जुटेको छैन् । प्रतिवेदनमा यि बिषयहरु अन्तरसम्बन्धीत भएकाले एकै पटक सहमति जुट्ने र समिति सहमतिको नजिक पुगेेको उल्लेख छ ।
समिति सभापति भट्टराईले दलहरुसँगको सहमतिको लागि थप समय आवश्यक भएको भन्दै समय उपलब्ध गराउन सभामुखसँग आग्रह गरे ।
सभामुख नेम्वाङले दलहरुसँगको छलफलाई जारी राख्न समिति सभापति भट्टराईलाई आग्रह गरे ।
प्रतिक्रिया
सम्बन्धित खवर
नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा भुकम्पको धक्का महसुस
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा
काठमाडौँ । निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न
काठमडौँ । नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।