दम भएको केटा भेटिएन :: ज्योती मगर, गायिका

२२ भाद्र २०७१, आईतवार २१:२९ मा प्रकाशित

jyoti-magar-singer-modelकाठमाडौं । गायिका ज्योती मगरका गीत जति ग्लामरस हुन्छन्, उनी त्यति नै सेक्सी पनि छिन्। तिजमा पिरतीमा दम छ बोलको गीत गाएर चर्चा कमाएकी उनी त्यो भन्दा बढी चर्चा एनटिभी प्लसलाई दिएको अन्तर्वार्तालाई लिएर झन् चर्चित बनिन्। अन्तर्वार्तामा बक्षस्थल देखाएको भन्दै उनको अन्तर्वार्ता नै प्रशारण भएन। उनै ज्योतीसँगको यसपटकको कुराकानी

० गीतले भन्दा पनि प्रसारण नभएको अन्तर्वार्ताले धेरै चर्चा कमाउनुभयो नि?

– त्यस्तो होइन, त्यो अन्तर्वार्ताले नभई गीतले नै चर्चा कमाएको जस्तो लाग्छ। त्यो त बलेको आगो ताप्ने काम भएको हो। सोसियल मिडियामा बढी हल्ला गरिएको हो। मैले गीत गाएर नै चर्चा कमाएकी हुँ।

० खासमा भएको के हो?

– तिललाई पहाड बनाइएको हो। म गुन्यु चोली लगाएर अन्तर्वार्ता दिन गएको थिएँ। गुन्यू चोली लगाउँदा पनि भड्किलो हुन्छ र? खासमा चोली अलिकति खुलेको थियो, त्यही विषयलाई लिएर यत्रो हल्ला भएको हो। अरु केही होइन।

० तपाईं हट ड्रेसमै रमाउनुहुन्छ भन्ने सुनिन्छ नि?

– म हट नै छु नि त । मेरो बुबा आमा पनि हट भएर मलाई जन्माएका हुन्।

० लोकगायिकाले हट ड्रेस लगाएको फ्यानहरूलाई मन नपरेको हो कि?

० पीरतीमा दम छ गीतले कत्तिको चर्चा कमायो?

– यो तीजमा राम्रै्र चर्चा कमाएको छ। धेरैले रुचाउनुभयो।

० आफ्नै पिरतीमा चाहिँ कत्तिको दम छ?

– आफ्नै पिरतीमा त बबाल दम छ। अर्काेतर्फको दम चाहिँ कम छ।

० अर्काेतर्फको भन्नाले ब्याइफ्रेन्डको?

– माया गर्ने मान्छेको।

० माया गर्ने मान्छे भेटिएको छैन र?

– भेटिएको छ, तर पिरतीमा दम भएको मान्छे नभेटेकाले स्वीकार गरेकी छैन। प्रेम भन्ने कुरा दुई आत्माको मिलन हो।

० कस्तो दम?

– माया गर्न सक्ने मान्छे हुनुपर्छ, झुपडीको बास भएपनि दम भएको मँन्छे भयो भने जीवन सुखदुःख चल्छ।

० कमाई चाहिँ कस्तो छ?

– म १२ महिनामा व्यस्त हुन्छु। तर खर्च धान्न धौधौ परेको हुन्छ। घर गाडी किन्ने मेरो ठूला सपना छैनन्। तर कलकारितामा धेरै कमाई हुन्छ जस्तो लाग्दैन।

० गायिका बन्न कत्तिको गाह्रो भो?

– ओ माई गड कुरै नगर्नुस्। यहाँसम्म आइपुग्न नै धेरै नै गाह्रो भयो।

० अबको योजना?

– करिअर बनाउने त्यसमा पनि घरजम गर्ने।

० करिअर बनेन र?

– भर्खर सुरु भएको छ। सयमा पाँच प्रतिशतमा पुगेको छु। अझै धेरै गर्नु छ। कहिल्यै नमर्ने गीतहरू गाउने रहर छ।

– मेरो गीत फ्युजन हुन्छ, त्यसकारण मेरो ड्रेसमा पनि फ्युजन भएको हो। मलाई अलि बढी रोमान्टिक गीत गाउन मन लाग्छ। इनडाइरेक्टली ग्लामर र सेक्स अपिल भएको गीत गाउन मन पर्छ। माया प्रेममा सेक्सका कुरा जोडेर गाइएका गीत बढी लोकप्रिय हुन्छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव

काठमाडौं । गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीतसमेत गायक अधिकारीकै