सुकोशीको बाँध फुट्यो, बाँध फुटेर कुनै क्षति पुगेन

२२ भाद्र २०७१, आईतवार ०८:३८ मा प्रकाशित

Sunkoshiकाठमाडौ, २२ भदौ । सिन्धुपाल्चोकको जुरेमा गत महिना गएको पहिरोले सुनकोशीमा बनेको बाँध आफै फुटेको छ । अचानक सुनकोशीमा बनेको बाँधमा जमेको ताल फुटेर करिब १२ मिटरसम्म पानीको सतह घटेको स्थानिय बासीहरुले जानकारी दिएका छन् ।

स्थानिय बासिन्दाहरुका अनुसार गत साउन १७ गते गएको पहिरोका कारण सुनकोशी थुनिएर बनेको तालमा पानी घटेपछि डुवेका हाइड्रोपावरका स‌‌रचनाहरु र माथिल्लो तटीय क्षेत्रमा डुवानमा परेका राम्चेका १९ र धुस्कुन स्थित सानिमा हाइड्रो पावरको उत्पादन गृहसमेत देखिएको देखिएका छन् । लगातार पानी परेका कारण शनिबार मध्यरातमा बाँध भत्किएर पानी बाहिरिएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली आफु घट्नास्थल पुग्नै लागेको र तालभन्दा तल्लको भागमा पानीको बहाव बढेपनि स्थिती सामान्य रहेको बताएका छन् । अरनिको राजमार्गमा दुवै तर्फ यातायात बन्द गरिएको छ ।

यस अघि सेनाले नियन्त्रित रुपमा पानीको बहाव गराउनका लागि पटक पटक विष्फोटन गराउँदै आएको थियो । बाँध भत्किएर बगेकाे पानीले सेनाको एउटा स्काभेटरसमेत बगाएको छ । बाँध फुटेर गएको बाढीले कुनै पनि अप्रिय घटना नघटेको स्थानिय बासिन्दाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार