आजबाट इन्द्रजात्रा सुरु, इन्द्रध्वजा फहराइयो

२१ भाद्र २०७१, शनिबार २३:२० मा प्रकाशित

Indra Jatraकाठमाडौँ, २१ भदौ । यसवर्षको इन्द्रजात्राका लागि काठमाडौँको हनुमानढोकामा आज इन्द्रध्वजा फहराइएको छ ।
प्रत्येक वर्ष भाद्रकृष्ण द्वादशी आजकै दिन विधिवत् रुपमा इन्द्रध्वजा फहराउने प्रचलन रहेको छ ।
हनुमानढोकामा विधिवत् रुपमा इन्द्रध्वजा फहराएपछि सो स्थान र आसपास क्षेत्रका विभिन्न टोल टोलमा आजैँदेखि जात्रा सुरु भएको छ ।
उक्त कार्यक्रममा सेना, प्रहरी, गुर्जुको पल्टन तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा तोप पड्काएर इन्द्रध्वजा उठाइएको हो । सोमबार कुमारी, भैरव तथा गणेशको रथयात्रा हुनेछ ।
एक सातासम्म चल्ने यो जात्राअन्तर्गत भैरव, भगवती, कुमार, दैत्य, कङ्काल, ख्याः, सात देवीदेवताका सात नाइकेसहितको विशेष नाच बाजागाजासहित जैसिदेवल, बाङ्गेमुढा, इन्द्रचोक, किलागःलगायतका स्थानमा प्रदर्शन गरिने छन् ।
यसैगरी, इन्द्रको मूर्ति विशेष सरसफाइ गरी किलागःको डबली, इन्द्रचोक, मरुलगायतका स्थानमा सजाएर राखिसकिएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

काठमाडौँ । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा (तीन महिनाभित्रमा) नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनि समेटिने भएको

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार