संवैधानिक राजनीतिक संवाद समितिको समयावधी थप्न मूख्य तीन राजनीतिक दल सहमत

२१ भाद्र २०७१, शनिबार २३:१३ मा प्रकाशित

काठमाडौ, २१ भदौ । संबिधानसभामा प्रतिनिधित्व गर्ने मूख्य तीन राजनीतिक दल संबिधान निर्माणको विवादित विषयमा सहमति खोज्न गठन गरिएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका लागि आवश्यक थप समय उपलब्ध गराउन सहमत भएको छ । मूख्य तीन राजनीतिक दलका शीर्ष नेताहरुको शनिबार बसेको बैठकले संविधानसभालाई समय थप्न आग्रह गर्ने निर्णय गरेका हो ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार विवादित विषयमा सहमति जुट्ने समय शनिबार साँझ सकिएकोले तीन दलका शिर्ष नेताको बैठकले समय उपलब्ध गराउन आग्रह गर्ने निर्णय गएका हुन् । प्रतिवेदन बुझाउने क्रममा समितिले केही विषयहरुमा विवाद मिलाउन बाँकी रहेको उल्लेख गरेका थिए ।

यसअघि शुक्रबार भएको तीन दलीय बैठकमा एमाओवादीले म्याद थप्न गरेको प्रस्तावमा एमाले र काँग्रेसले असहमति जनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार