आन्दोलनरत नेपाली कामदारलाई मलेसियाली मन्त्रीले भेटे

२१ भाद्र २०७१, शनिबार २३:०६ मा प्रकाशित

Malesiyaक्वालालम्पुर, २१ भदाै । मलेसियामा अगस्ट २१ देखि नेपालीलगायतका कामदार विभिन्न माग राख्दै आन्दोलित कामदारलाई मलेसियाली मानवसंशाधन मन्त्री दातुक रिचर्ड रियट जइमले बिहीबार भेटेका छन् ।

जोहोरबारुस्थित जेसिवाई एचडीडी टेक्नोलोजी कम्पनीमा कार्यरत नेपाली कामदारलाई भेटेर उनीहरू कामदार बस्ने होस्टलको अवलोकन समेत गरे ।

मन्त्री जइमले नेपालीलगायत विदेशी कामदारको बसाइँ अवस्था र समस्याबारे चासो राखेको नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले जानकारी दिए । उनका अनुसार जइमले कम्पनी व्यवस्थापनलाई भेटी होस्टल व्यवस्थित बनाउन र सुपरभाइजर नेपाली राख्न सुझाएका थिए ।

जइमले कम्पनी र कामदार सम्मिलित संयुक्त समिति गठन गरेर अघि बढ्न सुझावसमेत दिए । उनले १६ लाख कानुनी हैसियतका विदेशी कामदारको हेरचाह हुनुपर्ने र उनीहरूबाट नराम्रो हुन नदिन त्यसो गर्नु महत्त्वपूर्ण हुने औंल्याए । मन्त्री र नेपाली राजदूतसितको भेटपछि कम्पनीपक्षले पन्ध्र सय कामदारका लागि १ वर्षभित्रै नयाँ होस्टल निर्माण गर्ने प्रतिबद्धता जनाएको बस्न्यातले बताए । केही साताअघि नेपालको औपचारिक भ्रमणसमेत गरेका मन्त्री जइमले कामदार बाहुल्यताका आधारमा सुपरभाइजर नियुक्त गरे समस्या सुल्झाउन सजिलो हुुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

आजको प्रमुख समाचार