संविधान जारी गर्ने समयसिमा पार नगर्ने सर्तसहित कार्यतालिका संशोधनको तयारी

२० भाद्र २०७१, शुक्रबार २३:२५ मा प्रकाशित

काठमाडौं, २० भदौ । विधान निर्माणको कार्यतालिका एक महिना पछि सार्ने गृहकार्य सुरु भएको छ। माघ ८ गते संविधान जारी गर्ने समयसिमा पार नगर्ने सर्तसहित एमाओवादीले सहमतिका लागि एक महिनाको थप समय माग गरेपछि मुख्य दलहरु कार्यतालिका संशोधनको गृहकार्यमा जुटेका हुन्।

मुख्य तीन दलको शुक्रबारको शीर्ष बैठकमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सहमति खोज्नका लागि एक महिनाको समय आवश्यक पर्ने प्रस्ताव राखेका थिए। संवैधानिक, राजनीतिक , सम्वाद तथा सहमति समितिलाई भदौं २१ भित्र सहमति कायम गर्ने गरी प्रतिवेदन पेस गर्ने डेडलाइन तोकिएको थियो।सहमति नभए विवादका विषयलाई संविधानसभामा पेस गरी प्रक्रियाबाट टुंगो लगाउनुपर्ने कार्यतालिका छ।

शनिबार संवैधानिक समितिको बैठक बसेर कार्यतालिका संशोधन गर्नका लागि प्रस्ताव पारित गर्ने अध्यक्ष बाबुराम भट्टराईले बताए। उनले सहमतिबाटै संविधान जारी गर्नुपर्ने भएकोले कार्यतालिकामा थोरै संशोधन आवश्यक भएको बताए। सहमति छोडेर अहिले नै प्रक्रियामा जाँदा झन् द्वन्द्व सिर्जना हुने भनाइ उनको थियो। शनिबार बस्ने तीन दलको शीर्ष बैठकमा एमाओवादीको मागबारे छलफल भएर यसबारेमा टुंगो लाग्ने छ। शनिबार संवैधानिक समितिको बैठक पनि डाकिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौँ ।नेपाली काँग्रेसको १४ औं महाधिवेशन आउन मात्र एकसाता बाँकी छ । तर नेतृत्वको हाडबाजीमा रहेका नेताहरुले परिपक्क समिकरण र

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं । सरकारले भारतबाट वर्ष दिनअघि ल्याएको रेल सञ्चालनका लागि कानुनी बाटो खुलाउन अध्यादेश जारी गरेको छ । सरकारको सिफारिसमा

आजको प्रमुख समाचार