सचिव गौतमलाई कारवाही गर्न अख्तियारको निर्देशन

२० भाद्र २०७१, शुक्रबार २३:२१ मा प्रकाशित

Shree-Dhar-Gautam-265x250काठमाडौं, २० भदौ । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव श्रीधर गौतमलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ ।

सचिव गौतमले उचित समयमा उचित निर्णय नगरेको तथा अख्तियारले दिएको निर्देशन पालना नगरेको आरोप लगाउँदै उनीमाथि कारवाही गर्न शुक्रबार अख्तियारले चेतावनी दिएको हो । अख्तियारले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो चेतावनी दिएको हो ।

गौतम सहकारी मन्त्रालयमा आउनुअघि नेपाल ट्रष्टको कार्यालयमा थिए । ट्रष्टको कार्यालयमा हुँदा पूर्व राजपरिवारको सम्पत्तिसँग जोडिएको गोकर्ण रिसोर्टसँग सम्बन्धित एएटा निर्णयमा ४ वर्षसम्म निवेदकको माग सुनुवाइ नगरेको अख्तियारको आरोप छ ।

सरकारी पदमा बस्ने जोसुकै कर्मचारीले पनि जनताको हितमा हुने कार्यमा समयमै उचित निर्णय नगरेर सर्वसाधारणले दुःख पाउने स्थिति आए वा अख्तियारले दिएको निर्देशन पालना नगरे कडा कारबाही गरिने अख्तियारले चेतावनीसमेत दिएको छ ।

सरकारी सेवामा रहेकाले जनताको हितलाई सर्वोपरी ठानेर सेवा गर्नुपर्ने अख्तियारले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व हस्तान्तरणको व्यवस्था नहुनुले राजनीतिक गतिरोधले निरन्तरता पाइरहेको बताएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

आजको प्रमुख समाचार