इराकमा आइएस ध्वस्त पार्ने अमेरिकी योजना

१९ भाद्र २०७१, बिहीबार २१:३८ मा प्रकाशित

Barak Obamaवासिङटन । अमेरिकाले इराक र सिरियाको ठूलो भूभाग कब्जा गरी इस्लामिक राज्य घोषणा गरेको धार्मिक उग्रवादी इस्लामिक स्टेट आइएस ध्वस्त पारेरै छाड्ने भएको छ।अमेरिकी राष्ट्रपति बाराक ओबामाले आइएसको अस्तित्व नै नरहने गरी मेटाउने दृढता बुधबार व्यक्त गरे पनि उनले यसका लागि समय लाग्ने जनाए। आइएसद्वारा अमेरिकी पत्रकार ३१ वर्षे स्टिभन सटलफको हत्या भिडियो सार्वजनिक भएपछि ओबामाले हत्याबाट अमेरिका हतोत्साहित नहुने र आइएसलाई नेस्तनाबूद गर्ने दाबी गरेका हुन्।

ओबामाले सटलफको हत्यारा आइएस अपराधी जहाँ लुके पनि र जति समय लागे पनि सजाय दिएरै छाड्ने बताए। उनले इराक–सिरियामा आइएसको चुनौती निमिट्यान्न पार्न समय लाग्ने बताए
आइएसले सटलफको हत्या गरेको भिडियो आधिकारिक भएको अमेरिकाले जनाएको छ। सटलफ हत्याको विश्वभर विरोध जनाइएको छ। इराकमा गएको साता आफ्ना लडाकुमाथि अमेरिकाले हवाइ आक्रमण गरेको प्रत्युत्तरमा सटलफको हत्या गरेको दाबी आइएसले गरेको छ। केही दिनअघि मात्र अर्का अमेरिकी पत्रकार जेम्स फोलीको पनि यसै गरी आइएसले हत्या गरेको थियो।
आइएसले भने आफूविरुद्ध अमेरिकी आक्रमणमा बेलायतले आफ्नो सहयोग फिर्ता नलिए बेलायती बन्दीको पनि हत्या गर्ने चेतावनी दिएको छ।
ओबामाले अमेरिकी प्रशासनले इराक–सिरिया सीमाका दुईतिरै प्रभाव विस्तार गरिरहेको आइएस नियन्त्रण गर्ने एकीकृत रणनीति तयार गरिरहेको बताए।

बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले भिडियोमा वास्तवमै घृणायोग्य काम भएको देखाइएको बताउनुभएको छ र उहाँले आईएसको चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषयमा सुरक्षा प्रमुखहरूको बैठक बोलाउनुभएको छ।
लन्डनका स्थानीय वासिन्दाको जस्तो बोली भएको तथा फोलीको हत्या गर्ने व्यक्तिले नै अर्को हत्या गरेको पुष्टि गरिएको छ। बेलायती सुरक्षा सेवाले यी व्यक्ति बेलायती नागरिक भएको स्वीकार गरेको छ।
कलो लुगा लगाएका ती जिहादीले चक्कु बोकेर आफू फर्केको र अमेरिकी राष्ट्रपतिको इस्लामिक राज्यको विरोधमा अहंकारी विदेश नितिका कारण आफू फर्केको बताए।
ती व्यक्तिले बन्धकको टाउको काट्नु अगाडि अमेरिकी क्षेप्यास्त्रले आफ्ना मानिसको घाँटी काटेसम्म आफ्नो चक्कुले पनि उनीहरूको मानिसको घाँटी काट्ने बताए।
अमेरिकी लडाकू विमानले मोसुल बाँध तथा अमेर्लीको सिया तुर्कमन नगरमा हवाई आक्रमण गरेको आईएस लडाकूले भर्त्सना गरेको छ। पाँच मिनेटको उक्त भिडियोमा लडाकूले अर्का बन्धक बेलायती नागरिक डेभिड काउथ्रोन हेन्सको पनि हत्या गरिने चेतावनी दिइएको छ।
बेलायतले उद्धारकर्मी काउथ्रोन हेन्सको अपहरणको बारेमा हालसम्म केही पनि बोलेको छैन। यसै गरी यी व्यक्तिलाई कहिले र कहाँ अपहरण गरिएको भन्ने विषयमा जानकारी दिइएको छैन। बेलायतले भने इराकमा जिहादीमाथि हवाई आक्रमण गरेको छैन।
मायामीमा बसोबास गर्ने सटलफको परिवारले एक विज्ञप्ति जारी गरी परिवारलाई यो डरलाग्दो विपत्तीका विषयमा जानकारी भएको र निजी रुपमा पीडा भोगिरहेको बताउँदै यस कठिन समयमा कुनै सार्वजनिक टिप्पणी नगरिने जानकारी दिएको छ।
फोलीको हत्यापछि सटलफलकी आमा सर्लीले एक भिडियो सन्देशमा आईएसका नेता अबु बाक्र अल–बागदादीलाई आफ्नो छोराको जीवन जोगाइ दिन आग्रह गर्दै अमेरिकी नीतिमा उसको कुनै प्रभाव नहुने बताएकी थिइन्।
सटलफको पूर्व रोजगारदाता टाइम तथा फोरेन पोलिसीले उहाँप्रति श्रद्धाञ्जलि प्रकट गर्दै उनले सिरिया तथा व्यापक क्षेत्रमा गरेको निर्भिक पत्रकारिताको व्यापक रुपमा सम्मान व्यक्त गरिएको जानकारी दिएका छन्। यसअघि सटलफ लिबियामा कार्यरत रहेका थिए।
संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि¬–मुनले विश्वले उक्त हत्याप्रति क्रोध देखाउने बताउनुभयो। भिडियो इन्टरनेटमा राखेको केही घण्टापछि ह्वाइट हाउसले राष्ट्रपति ओबामाले करिब ३५० सैनिक बग्दादमा रहेको कूटनीतिक संयन्त्र तथा त्यहाँका कर्मचारीको सुरक्षाका लागि तैनाथ गर्न आदेश दिनुभएको उल्लेख गरेको छ।
वासिङ्टनले आरम्भमा अगस्त ८ मा इराकी कुर्दिस सेनालाई जिहादीसँग युद्ध गर्न हवाई आक्रमण सहयोग सीमित बनाएको थियो। गत साता यो आक्रमण इराकी सेना तथा सिया लडाकूको सहयोगमा पनि विस्तार भएको देखिएको छ। हाल यी क्षेत्रमा उद्धार सहयोग पठाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

बान्जुल । अफ्रिकी राष्ट्र गाम्बियामा पहिलो राष्ट्रपति निर्वाचनका लागि गाम्बियालीहरुले शनिबार मतदान गर्न शुरु गरेका छन् । पूर्व तानाशाह याह्या

काठमाडौं । कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट नआत्तिन विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) सुझाव दिएको छ । शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै संगठनकी

बामाको । मालीको मध्य क्षेत्रमा पर्ने सोंगो गारे नामको एक सानो सहरमा आतंककारीहरुले हमला गरेर दर्जनौँ नागरिकको ज्यान लिएका छन्

काबुल । अफगानिस्तानको राजधानी काबुलको तैमानी क्षेत्रमा शनिबार विस्फोट भएको छ । यस विस्फोटमा परी कैयौ व्यक्ति हताहत भएका आशंका