नुवाकोटमा दसैं महोत्सव

१९ भाद्र २०७१, बिहीबार २१:२७ मा प्रकाशित

काठमाडौ, १९ भदौ । विविध सांस्कृतिक मनोरञ्जनात्मक सस्तो शुलभ बजार भन्ने नाराका साथ त्रिशूली यूथ स्पोर्टस क्लबले दसैंको अवसरमा नुवाकोट दसैं महोत्सव गर्ने भएको छ ।

सामाजिक क्षेत्रमा क्रियाशिल हुन र अध्ययनरत विद्यार्थीहरुको छात्रवृत्तिका लागि क्लबले दसैं महोत्सव गर्न लागेको हो । त्रिभुवन त्रिशूली उच्चमावीको खेल मैदानमा हुने महोत्सव असोज ५ देखि १२ गतेसम्म ८ दिन चल्ने महोत्सव मुल आयोजक समितिले जानकारी दिएको छ ।

नेपालीहरुको महानचाँड दसैंमा आवश्यक पर्ने दैनिकी सामानहरु सर्वसाधारणलाई सर्वसुलभ किसिमले उपलब्ध गराउने महोत्सवको मुख्य लक्ष्य रहेको आयोजक समितिले जानकारी दिएको छ ।

दसैंको अवसरमा गाउँगाउँबाट आउने सर्वसाधारणले एकै स्थानबाट सस्तो र झन्झटरहित तरिकाले महोत्सवबाट सामान पाउन सक्ने महोत्सव मुल आयोजक समितिका अध्यक्ष राजु श्रेष्ठले बताए ।

कुल १९ लाख २० हजार आम्दानी हुने महोत्सवमा एक सय स्टल राखीने छ भने ५० हजार जनाले महोत्सव अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

आजको प्रमुख समाचार