सदस्यसचिव लामा एसियाली खेलकुदमा नजाने

१९ भाद्र २०७१, बिहीबार २१:०८ मा प्रकाशित

Yuvraj_Lama-400x250काठमाडौं, १९ भदौ । राष्ट्रिय खेलुकुद परिषदका सदस्यसचिव युवराज लामाले ध्रुवबहादुर प्रधान नेतृत्वको नेपाल ओलम्पिक कमिटी एनओसीलाई अवैध भन्दै एनओसीको सिफारिसमा आफूहरु दक्षिण कोरियाको इन्चेनमा हुने १७औँ एसियाली खेलकुदमा नजाने निर्णय गरेका छन् ।

सर्वोच्चको आदेशअनुसार पुनर्स्थापित भएका आफूहरु ६ जनाको इन्चेनमा जाने कानुनी र नैतिक आधार नभएको लामाले बताएका छन् । प्रधान अध्यक्ष रहेको एनओसीलाई सर्वोच्चले यसअघि नै अवैधानिक भनेकाले अवैधानक निकायको सिफारिसमा आफूहरु कहीँ कतै जान नै नमिल्ने लामाले बताएका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै लामाले राष्ट्रिय खेलकुद परिषदबाट आफूहरु इन्चेन नजाने निर्णयले १७औँ एसियन खेलकुदमा कुनै असर नपर्ने दाबीसमेत गरेका छन् । ‘यस प्रतियोगितामा नेपाल र नेपालीको शिर ठाडो पार्ने रिजल्ट प्राप्त हुने कुरामा हामी आशावादी छौं,’ लामाको विज्ञप्तिमा उल्लेख छ ।

सर्वोच्चले अवैधानिक भने पनि प्रधान नेतृत्वको एनओसीलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । त्यसैले प्रधान नेतृत्वको एनओसीले नै अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीको सहभागिता गराउँदै आएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा जान खेलाडी तथा पदाधिकारीले एनओसीमार्फत नै पहल गर्नुपर्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।आयोजक संयुक्त अरब इमिरेट् (यूएई)सँग ४८ रनले पराजित भएसँगै नेपाल ग्लोबल छनोटमा स्थान बनाउन असफल भएको छ । आइतबार आइसीसी

काठमाडौं । आइसीसी महिला टि–२० विश्वकप एसिया छनोटमा नेपालले आज (आईतबार) अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) को

काठमाडौं।रुमेश बर्तौलाको निर्णायक गोलमा च्यासल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ

काठमाडौं।सातदोबाटो युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मेघराज