सरकारद्वारा ६ राजदूतको सिफारिस

१९ भाद्र २०७१, बिहीबार २१:०५ मा प्रकाशित

काठमाडौं, १९ भदौ । सरकारले ६ देशका लागि ६ राजदूतको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले खगनाथ अधिकारीलाई थाइल्यान्ड, दीपक धिताल स्विट्जरल्यान्ड, यज्ञबहादुर हमाललाई कुवेत, अमृत राईलाई दक्षिण अफ्रिका, कालीप्रसाद पोखरेललाई क्यानडा र अम्बिका लुइँटेललाई फ्रान्सका लागि राजदूत सिफारिस गरेको छ ।

यी नाममा संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेपछि सरकारले नियुक्त गर्नेछ । लामो सदेखि भारतमा राजदुत खाली भए पनि भारतका लागि भने राजदुत सिफारिस गरिएको छैन ।

यस्तै बैठकले बिमा संस्थानको प्रशासकमा अश्विनीकुमार ठाकुर र वाणिज्य बैंकको अध्यक्षमा रेवतीबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सरकारले अधिकार सम्पन्न एकीकृत वाग्मती विकास समितिको अध्यक्षमा किशोर थापालाई नियुक्त गरेको छ । यस्तै दुरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा बुद्धिप्रसाद आचार्यलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल