एक दशक पछि नेविसंघको अधिबेशन हुँदै, नेतृत्वको लागि दर्जनौ दावेदार

१९ भाद्र २०७१, बिहीबार ०८:२७ मा प्रकाशित

NSU-Flag_20120805091723काठमाडौ, १९ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाली विद्यार्थी संघ झन्दै एक दशक पछि ११ औं अधिवेशनको तयारीमा जुटेको छ । काँग्रेस प्रजातान्त्रिक र मूल काँग्रेसमा विभक्त नेपाली विद्यार्थी संघ एकीकरण पछि पहिलो पल्ट अधिबेशनमा जुटेको हो । संघको अधिबेशन तिथि मिति नजिकिदै गर्दा नेतृत्वका लागि समेत देउबा र  संस्थापन पक्ष निकट बिद्यार्थी नेता बीच नेतृत्वको होडबाजी सुरु भएको छ । अध्यक्षका लागि संस्थापन पक्षबाट मनोजमणि आचार्य, छितिज भण्डारी, भिम श्रीष, कुन्दन काफ्ले, पदमराज पन्त, दिपक भट्टराइले अध्यक्षमा उम्मेदवारी घोषणा गरीसकेका छन् भने देउवा निकट नैनसिंह महर, जितजङ्ग बस्नेत देखि खुमबहादुर खड्का निकट रहेका गणेश विष्ट सम्मले अध्यक्षको दावी प्रस्तुत गरेका छन् ।

यद्यपी अन्य राजनीतिक दलका बिद्यार्थी संगठनहरुले यस अबधिमा कम्तिमा चार अधिबेशन सम्पन्न गरिसक्दा अधिबेशनमा होमिएको नेविसंघको यो अधिबेशनले आसन्न पार्टी महाधिवेशनलाई समेत प्रभावित पार्ने भएकाले नेताहरु आफ्नो पक्षका उम्मेदवारलाई जिताउन लागेका छन । नेविसंघका पुराना नेताहरुका अनुसार काँग्रेस उत्पादन गर्ने मुख्या आधारलाइ आफ्नो पक्षमा पार्न संस्थापन र देउवा पक्ष बीचको भिडन्त सुरु भएको छ । यता उम्मेदवारका आकांक्षी धेरै भएकाले संस्थापन पक्षलाई उम्मेदबार संयोजनमा अफ्ट्यारो परेको छ ।

पूर्व निर्धारित कार्यक्रम अनुसार नेविसंघको अधिवेशन भदौ २९ देखि ३१ सम्म राजधानीमा हुँदैछ । अधिवेशनमा देश भरिबाट २२ सय प्रतिनिधि सहभागि हुँने प्रचारप्रसार संयोजक मोतीलाल भण्डारीले जानकारी दिएका छन् । यसअघि सात पटक सम्म मिति तोकिए पनि अधिवेशन स्थगित हुँदै आएको थियो । यसपटक जिल्लाका अधिकांश विवाद मिलेर अधिवेशन सम्पन्न भईसकेकाले नेविसंघ अधिवेशन निर्धारित तिथिमा हुनेमा विद्यार्थी नेताहरु सुनिश्चित छन् । यद्यपि यस पटक पनि त्रिभुवन विश्वविद्यालय किर्तिपुर, पिके क्याम्पस, सरस्वती क्याम्पस, अमृत साईन्स क्याम्पसमा विवाद देखिएको छ । विवाद मिलाउन पार्टीले छुट्टै समिति गठन गरेको छ ।

नेबिशंघको नयाा विधान अनुसार आगामी अधिवेशनले एक अध्यक्ष, पााच उपाध्यक्ष, दुई महामन्त्री, पााच सहमहामन्त्री र एक कोषाध्यक्ष सहित १०१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । जसमा समावेशी र आरक्षण सहित ७५ प्रतिशत निर्वाचित र २५ प्रतिशत मनोनितबाट चयन हुनेछन । महाधिवेशनको सम्पुर्ण खर्च व्यवस्थापन पार्टी महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा रहेको निर्देशन समितिले व्यहोर्ने छ । नेविसंघका अध्यक्ष रंजित कर्णले उम्मेदबारी घोषणा र लामो समयको अन्तरालमा हान लागेको अधिबेशन भएकोले महाधिवेशनको माहोल तातिएको बताए । प्रचारप्रसार संयोजक भण्डारीका अनुसार निर्वाचन विद्युतीय मेशिनबाट गरिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

गलेश्वर । मानिसको जीवनमा निकै विरोधाभाषपूर्ण स्थिति पनि उत्पन्न हुँदोरहेछ भन्ने गतिलो उदाहरण बन्नु भएको छ म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को