एनसेलको डाटा शुल्क कम हुँदै जाने

१८ भाद्र २०७१, बुधबार २२:२४ मा प्रकाशित

Ncellकाठमाडौं, १८ भदौ । एनसेलले प्याक खरिद नगरी इन्टरनेट प्रयोग गर्ने ग्राहकको सुविधाको लागि सुपरनेट नामक नयाँ योजना ल्याएको छ, जस अन्तर्गत ग्राहकले अब रु १ प्रति एमबीसम्मको दरमा डेटा प्रयोग गर्न सक्नेछन्।

सुपरनेट बुधबारबाट शुरु भई तीन महिनासम्म लागु हुनेछ। यसमा डेटा भोल्युमलाई ६ वटा ब्लकमा विभाजन गरिएको छ ; ग्राहकले जति डेटा प्रयोग गर्दै जानेछन् त्यहि अनुरुप स्वतः यी खुड्किला चढ्दै जानेछन् र प्रत्येक खुड्किलामा डेटाको मूल्य पहिलेको भन्दा घट्दै जाने एनसेलले विज्ञप्तीमा उल्लेख गरेको छ।

प्याक विना डाटा चलाउँदा, प्रत्येक एमबी डेटाको शुल्क रु ६ लाग्दै आएकोमा, अब सुपरनेटमा पहिलो १ एमबीमा मात्र सो दर लाग्नेछ। त्यसपछिको १ देखि २ एमबी डेटा प्रयोग गर्दा शुल्क घटेर रु ५ प्रति एमबी, २ देखि ३ एमबीको रु ४ प्रति एमबी, ३ देखि २० एमबीसम्मको रु ३ प्रति एमबी, २० देखि १०० एमबीसम्मको रु २ प्रति एमबी, १०० देखि २०० एमबीसम्मको १ रुपैयाँ ५० पैसा प्रति एमबी र २०० एमबी भन्दा बढी डेटा प्रयोग गरेमा रु १ प्रति एमबी लाग्नेछ।यी दरहरु कर बाहेक रहेको एनसेलले जनाएको छ । एनसेलका प्रिपेड ग्राहकले सुपरनेटमा सहभागी भई मुल्यमा लाभ लिन कम्पनीले जनाएको छ। ग्राहकले १७१०३ डायल गरि सुपरनेटमा निःशुल्क सहभागी हुन सक्नेछन्। डाटा प्रयोगको गणना गर्दा सुपरनेटमा सहभागी भएको दिनदेखि ३० दिनसम्म प्रयोग गरेकोे भल्युमलाई लिइने र ३० दिन पश्चात नयाँ गणना शुरु हुने कम्पनीले जनाएको छ ।

“प्याकमा हामीले ३० पैसा प्रति एमबि (कर वाहेक) सम्म डेटा उपलब्ध गराइरहेकोले हामी आफ्ना ग्राहकलाई प्याक लिएर नै डेटा चलाउन सल्लाह दिन्छौं । तैपनि कतिपय ग्राहकले प्याक विनै डेटा चलाउन रुचाउने हुनाले, हामीले सुपरनेट योजना ल्याएका हौं । यसले उनीहरुलाई विशेष लाभ प्रदान गर्ने विश्वास छ,” एनसेलकी कर्पोरेट कम्यूनिकेशन निर्देशक सञ्जु कोइरालाले भनिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

काठमाडौँ । राजधानीको पूर्वोत्तर भेगमा नेपाल टेलिकमले बाँडेको एडिएसएल इन्टरनेट सेवामा पटक–पटक समस्या आउँदा पनि समाधान नभएपछि ग्राहक मर्कामा पर्ने

काठमाडौँ । सरकारले नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ । शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

आजको प्रमुख समाचार