आगामी सेप्टेम्बर २१ तारिख आइतबार लस एन्जलसमा महजात्रा

१८ भाद्र २०७१, बुधबार ०८:०७ मा प्रकाशित

Attachment-1लस एन्जलस । पशुपतिनाथ फाउन्डेसनले दक्षिण क्यालिफोर्नियाको लस एन्जलसमा बस्ने नेपालिहरुलाई बडा दशैंको अवशर पारेर नेपालका बरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ र हरिबंस आचार्यको बेजोड हाँस्य प्रस्तुति मह जात्रा प्रस्तुत गर्ने भएको छ । आगामी सेप्टेम्बर २१ तारिख आइतबार पशुपतिनाथ फाउन्डेसनले लस एन्जलसको नर्वाल्कस्थित पशुपतिनाथ बुद्ध मन्दिरको सहयोगार्थ आयोजन हुने मह जात्रा स्थानिय लंग विचस्थित जोर्डन हाइ स्कुलको हलमा प्रस्तुत गरिने छ । आयोजक पशुपतिनाथ फाउन्डेसनका उपाध्यक्ष एवं बाणिज्य दुत ऋषि ढकालका अनुसार बरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ र हरिबंस आचार्यको बेजोड हाँस्य प्रस्तुति मह जात्रामा दक्षिण क्यालिफोर्नियाको लस एन्जलसमा बस्ने नेपाली मुलका झन्डै १५०० नेपालीहरुको सहभागिता हुने अनुमान सहित स्थानिय लंग विचस्थित जोर्डन हाइ स्कुलको हल ब्यबस्थापन गरिएको छ । उपाध्यक्ष एवं बाणिज्य दुत ऋषि ढकालले मह जोडी जस्तो प्रसिद्ध हास्य कलाकार जोडीलाई लस एन्जलसमा निम्त्याउन पाउनु आफैमा स्वर्णिम अवशर भएको हुँदा यस क्षेत्रका सम्पूर्ण नेपाली अमेरिकनलाई महाजात्रामा सहभागी हुन आग्रह गर्दै पशुपतिनाथ बुद्ध मन्दिर निर्माणको पवित्र कार्यमा सहभागी हुन अनुओरोध गरेका छन् ।
महाजात्रा कार्यक्रम:
स्थान: लंग विचस्थित जोर्डन हाइ स्कुलको हल
मिति: सेप्टेम्बर २१ तारिख आइतबार
समय: साँझ ६;३० बजे
टिकट दर: ३५, ५० र १००/-

प्रतिक्रिया
सम्बन्धित खवर

तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीकाे हत्या गरेकाे मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएकाे छ ।

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ भने ३८ जना बिरामी भएका छन् । मृत्यु हुनेमा

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

आजको प्रमुख समाचार