गरिबीले ३५ दिनकी सुत्केरीले आत्महत्या गरिन्

१८ भाद्र २०७१, बुधबार ००:४३ मा प्रकाशित

रोल्पा । रोल्पा कोर्चाबाङ-३, उपल्लो घापाका १९ वर्षीय सविना घर्तीमगरले विष सेवन गरेर आत्म हत्या गरेकी छिन्। ३५ दिनकी सुत्करी घर्तीले चरम गरिबी कारण खान नपाएर आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी नायव उपरिक्षक नविन राज राईले सविनाको घरमा खाने चीज केही पनि नभेटिएको जानकारी दिए। सविनाको परिवार स्थानीयको घरमा भाडामा बस्दै आएको थियो।

सविनाले दिउँसो तीन बजेतिर विष सेवन गरेकी थिइन्। गाउँका स्थानीय महिलासँग घरमै केही समय भलाकुसारी गरेकी उनले घर फर्किए पछि विष सेवन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। एक वर्ष अघि सविनाको काठमाडौंमा विहे भएको थियो। मृतकको जिल्ला अस्पताल रेउघामा पोस्टमार्टम गरिएको जिल्ला अस्पतालले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

वालिङ । स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक

काठमाडौं।सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गत मंगलबार गर्‍याे । अब नयाँ विधेयक दर्ता हुने कानुनमन्त्री गाेविन्द प्रसाद शर्मा (कोइराला)ले

म्याग्दी । म्याग्दी र यस वरपरका क्षेत्रमा नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव छ । जसका कारण देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् जल तथा