वाशिंगटन डि. सी. मा गणतन्त्र दिवस मनाइयो

१३ जेष्ठ २०६९, शनिबार १८:३८ मा प्रकाशित

वाशिंगटन डिसी । अमेरिकाको राजधानी वाशिंगटन डिसीस्थित एक पाँचतारे होटलमा रात्री भोज सहित आयोजना गरिएको नेपालको गणतन्त्र दिवसमा ऊपस्थित नेपाली तथा अमेरिकीहरूको एक भब्य समारोहलाई सम्बोधन गर्दै, अमेरिकाका लागी नेपाली राजदुत डा. शंकर प्रसाद शर्माले अमेरिकाका राष्ट्रपति बाराक ओबामालाई “टोस्ट” प्रस्ताब गर्नुभएको थियो। टोस्ट प्रस्ताबको प्रतिउत्तरमा, राष्ट्रप बाराक ओबामाको प्रतीनिधित्वो गर्दै कार्यक्रममा ऊपस्थित भएका अमेरिकी सरकारका सहायक विदेश मन्त्री रोबर्ट ब्लेकले बाराक ओबामाको तर्फबाट “टोस्ट” गरेका थिए।

कार्यक्रममा ऊपस्थित अमेरिकीहरूलाई नेपालको वर्तमान स्थितीको बारेमा राजदुत डा. शर्माले ब्रिफिंग गर्दै, अमेरिकी सरकारले नेपाललाई गरिरहेको आर्थिक सहयोगको लागि नेपाल सरकारको तर्फबाट आभार ब्यक्त गर्नुभयो। नेपालको राष्ट्रिय योजना आयोगका पुर्व ऊपाध्यक्ष डा. शंकर शर्माले नेपालको ताजा आर्थिक तथ्यांकहरू प्रस्तुत गरेर अमेरिकीहरूलाई नेपालको आर्थिकस्थिती जानाकारी गराऊँदै, नेपालमा बैदेशिक लगानीको लागि प्रशस्त अवसरहरू भएको कुरा बताउनुभएको थियो। अमेरिकी सरकारका सहायक विदेश मन्त्री रोबर्ट ब्लेकले माओबादी लडाकुहरूले हतियार समर्पण गरेपछि नेपालमा अकल्पनीय परिबर्तन भएको छ भने।

न्यु योर्क राज्यका अमेरिकी संसद (US Congressman) जेम्स वाल्श पनि कार्यक्रममा ऊपस्थित थिए ।

दूतावासका उपनियोग-प्रमुख अर्जुन कान्त मैनालीले बडो छोंटो मिठो तरिकाले अंग्रेजीमा संचालन गर्नुभएको उक्त कार्यक्रममा अमेरिका नेपाल सोशाईटी (ANS) का निबर्तमान अध्यक्ष खेम भट्टचन, नेवा: अर्गनाईजेसन (NOA) का निबर्तमान अध्यक्ष राजेश श्रेष्ठ, BANA की निबर्तमान अध्यक्ष रबिना थापा, ANA का महासचिब बिजय थापा लगायत दर्जनौ नेपाली संघ/संस्थाका पदाधिकारीहरूको ऊपस्थिती थियो।

यसैगरी बरिष्ठ लोकगायक तथा अमेरिकाको लागि नेपाल सरकारका अवैतनिक महा-बाणिज्यदुत प्रेमराजा महत, NRN का संस्थापक ऊपाध्यक्ष डा. श्याम कार्की लगायत दूतावास परिवार गणतन्त्र दिवसमा उपस्थित थिए। कान्तिपुर-पत्रकार संजय न्यौपाने लगायत अमेरिकामा रहेका नेपाली पत्रकारहरू र IMF/बिश्वबैंक-हेडक्वार्टरमा कार्यरत नेपाली अर्थशास्त्रीहरू, अमेरिकी बिश्वबिद्यालयहरूमा प्राध्यापनरत नेपाली प्राध्यापकहरू, अमेरिकाको केन्द्रीय सरकारमा कार्यरत नेपाली बैज्ञानिकहरू कार्यक्रममा ऊपस्थित थिए।

अमेरिकाको स्थानीय सरकार, राज्य सरकार, केन्द्रीय सरकार, अमेरिकी संसद-सचिवालय (क्यापिटल हिल),
विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट), हवाईट-हाऊस, पिसकोर्प् का अमेरिकीहरू र अमेरिकाका लागि विभिन्न राष्ट्रका राजदुतहरू पनि नेपालको गणतन्त्र दिवसमा उपस्थित थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न