राज्य पुर्नसंरचना र शासकीय स्वरुपको बिषयमा दलहरुको विवाद जारी

१७ भाद्र २०७१, मंगलवार २१:२१ मा प्रकाशित

काठमाडौ , १७ भदौ । मंगलबार बालुवाटारमा मुख्य राजनीतिक दलहरुसंग भएको वार्तामा सहमतिको सम्भावना नदेखे पछि आक्रोशित बनेको बैद्य माओबादी अन्तत अर्को चरणको वार्तामा सहभागी हुन राजि भएको छ । मंगलबार बालुवाटारमा भएको वार्ताको अन्त्यमा सर्वपक्षीय सभा र राजनीतिक भेला गरी संबिधान निर्माणको अन्तरवस्तुमा सहमति जुटाउनुपर्ने पर्ने नेकपा-माओवादीको मागमा प्रमुख राजनीतिक दलहरु सकारात्मक देखिए पछि बैद्य माओबादी बिहीबारको बैठकमा सहभागी हुन राजि भएको हो ।

एमाओवादी नेता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार सर्वपक्षीय सभा र भेला गर्ने नेकपा-माओवादीको मागप्रति प्रमुख दलहरु सकारात्मक बनेका कारण दलहरु बिहीबार ५ बजेको लागि डाकिएको बैठकमा संबिधान निर्माणको अन्तरवस्तुमा सहमति जुटाउन बैठक बस्नेछन ।

मंगलबार बालुवाटारमा संबिधानको बिषयमा सहमति जुटाउन सत्तारुढ दल कांग्रेस, एमाले, नेकपा माले, राप्रपा तथा विपक्षी एमाओवादीले नेकपा-माओवादीसँग छलफल गरेका थिए ।

संबैधानिक, राजनीतिक संवाद तथा सहमति समितिका सभापति तथा एमाओवादी नेता बाबुराम भट्टराईले बैद्यको माग संबिधान निर्माणलाई सघाउने किसिमले आएको बताए । भट्टराईका अनुसार राजनीतिक भेला गरेर विवादित बिषयमा सहमति खोज्नु उपयुक्त हुने बताए ।

मंगलबार बालुवाटारमा भएको  छलफलमा नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यसहितका शीर्ष नेता सहभागी थिए । संबिधान निर्माणको कार्यतालिका अनुसार शनिबारभित्र संबिधानका विवादित बिषयमा सहमति जुटाउनुपर्ने हुन्छ ।

कार्यतालिकाको समयावधी सकिनै लाग्दा दलहरुले राज्य पुर्नसंरचना र शासकीय स्वरुपको बिषयमा छलफललाई समेत तीब्रता दिए पनि प्रस्तावित नयाँ संविधानमा कस्तो शासकीय स्वरुप अपनाउने तथा राज्य पुनःसंरचना कसरी गर्ने र कतिवटा प्रदेश बनाउने, नाम के राख्ने भन्ने विषयमा निर्धारित समय सकिन लाग्दा समेत दलहरुबीच विवाद जारी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सर्वोच्च अदालतको इजलास निर्धारण गर्दा प्रधानन्यायाधीशको एकल आजदेखि तोडिँदै छ । अब न्यायाधीशहरुले गोलाप्रथाबाट इजलास पाउनेछन् । आधुनिक

काठमाडौं । एमालेको १०औं महाधिवेशनबाट भारी मत ल्याएर अध्यक्षमा निर्वाचित भएका केपी ओली भन्थे–-‘एउटै कक्षा दोहोर्‍याउने मेरो बानी छैन ।’ राजकीय

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा

चितवन।चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको छ । निर्धारित समयभन्दा दुई दिन लम्बिएको महाधिवेशनमा नौ करोड