पिटिए गर्न ऊर्जा सचिव नेतृत्वको टोलीलाई अख्तियारी

१७ भाद्र २०७१, मंगलवार २०:५९ मा प्रकाशित

काठमाडौ , १७ भदौ । सरकारले भारतसँग विद्युत् व्यापार सम्झौता (पिटिए) गर्न ऊर्जा सचिव नेतृत्वको टोलीलाई अख्तियारी प्रदान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीको अध्यक्षतामा बनेको वार्ता टोलीलाई भारतसँग पिटिए गर्न अख्तियारी प्रदान गरेको सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले जानकारी दिए । पिटिएका लागि नेपालले प्रस्तुत गरेको मस्यौदा र उक्त मस्यौदामाथि भारतले गरेको टिप्पणीसहितको मस्यौदा दुवैलाई राखेर पिटिएको काम अघि बढाउन, वार्ता गर्न र सहमति निर्माण गर्न टोलीलाई सरकारले अख्तियारी प्रदान गरेको हो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार विभिन्न जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका अधिकांश जिल्लामा आज अधिवेशन हुन लागेको

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ३१ बर्षे राजनीतिक इतिहासमा पहिलो पटक अध्यक्षसहित पदाधिकारीहरु पनि महाधिवेशनको निर्वाचन प्रक्रियाबाट चुन्ने

आजको प्रमुख समाचार