सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

१७ भाद्र २०७१, मंगलवार ०९:५७ मा प्रकाशित

काठमाडौ, १७ । भदौ सुदूरपश्चिममा मंगलबार साँझदेखि दुई दिन नियमितभन्दा धेरै वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद सुवास रिमालका अनुसार मंगलबार बेलुकादेखि एक-दुई दिन सुदूरपश्चिममा भारी वर्षा हुन सक्छ। ‘एक-दुई ठाउँमा नियमितभन्दा बढी वर्षा हुने सम्भावना छ,’ उनले भने।

रिमालका अनुसार न्यूनचापीय रेखा सामान्य स्थानभन्दा अलि वर (नेपालतर्फ) देखिएको छ। यो रेखा भारतबाट उत्तर–पश्चिमतर्फ गइरहेको छ। ‘भारतको आन्ध्र प्रदेश उडिसा हुँदै पश्चिमतर्फ गइरहेकाले यसको प्रभाव पश्चिम नेपालमा पर्न सक्छ,’ उनले भने, ‘त्यसैले पूर्ण बदलीसहित एक-दुई स्थानमा भारी वर्षा हुन सक्छ।’
यसैबीच, भारतको राष्ट्रिय मौसम पूर्वानुमान केन्द्रले सोमबार साँझको मौसम बुलेटिनमा पनि उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा भारी वर्षाको सम्भावना भएको जनाएको छ। केन्द्रका अनुसार सोमबार, मंगलबार र बुधबार तीन दिन त्यस क्षेत्रमा भारी वर्षाको सम्भावना छ। केन्द्रले भारतको उत्तरपश्चिम क्षेत्रमा वर्षाको मात्रा बढ्न सक्ने जनाएको छ।
मौसमविद रिमालले भारतका ती क्षेत्र नेपालसँग जोडिएकाले त्यसको प्रभाव पश्चिम नेपालका केही स्थानमा पर्न सक्ने बताए।
अघिल्लो वर्ष जेठ अन्तिम र असार पहिलो साता सुदूरपश्चिम र भारतको उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा भारी वर्षा भएको थियो। बंगालको खाडी र अरेबियन सी मा विकसित मनसुन प्रणाली एकैपटक नेपाल भित्रिएकाले सुदूर र मध्यपश्चिममा अत्यधिक वर्षा भएको थियो। त्यतिबेला चार दिनको नियमित वर्षाले सुदूरपश्चिमका दार्चुला, बैतडी, बझाङ, बाजुरा र डडेलधुलामा धेरै क्षति पुर्यााएको थियो। ‘अहिले पनि त्यस्तै किसिमको, तर कमजोर प्रणाली देखा परेको छ,’ रिमालले भने।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौं।बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र

सप्तरी । राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएको छ । तर सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ।