बागमतीमा र्‍याफ्टिङ

१७ भाद्र २०७१, मंगलवार ०९:४५ मा प्रकाशित

काठमाडौ , १७ भाद्र । बागमती सफाइ अभियानबारे चेतना जगाउने उद्देश्यले आज बिहान बागमती नदीमा मन्त्री, नेतालगायतले र्‍याफ्टिङ गरेका छन्। गोठाटारबाट सुरु भएर पशुपति क्षेत्रसम्मको र्‍याफ्टिङमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सहरी विकास मन्त्री नारायण खड्का, कानुनमन्त्री नरहरि आचार्य, मुख्य सचिव लीलामणि पौडेल सहभागी थिए।

यसैगरी विभिन्न नौ कुटनीतिक निकायका प्रतिनिधि, नेपाल प्रहरीका उच्च अधिकृतहरू र पशुपति क्षेत्र विकास कोषका प्रतिनिधिहरू पनि सहभागी थिए।बागमती सफाइ अभियानबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चेतना जगाउन र्‍याफ्िटङ गरिएको मन्त्री खड्काले बताए। ‘हाम्रो अभियान जारी छ भनेर सन्देश दिन पनि यो कार्यक्रम गरिएको हो,’ उनले भने।

प्रतिक्रिया
सम्बन्धित खवर

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा शिर्ष नेताका छोराछोरी नयाँ कमिटीमा निर्वाचित भएका छन् । आइतबार सम्पन्न एकता महाधिवेशनबाट

काठमाडौं । राष्ट्रिय प्रजानतन्त्र पार्टी(राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् । आइतबार विहान सम्पन्न मतगणनामा दुई सय

पोखरा । शुक्रराज शर्मा कांग्रेस कास्कीको राजनीतिमा एकछत्र नेता हुन् । २०४६ मा पहिलो पटक सभापति बनेपछि उनी निरन्तर जिल्लाको

आजको प्रमुख समाचार