एन्फा कप आजदेखि

१७ भाद्र २०७१, मंगलवार ०९:४३ मा प्रकाशित

Footballकाठमाडौ , १७ भाद्र । गत वर्षको ‘ए’ डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी क्लबले मोफसलको झापा फुटबल क्लबको सामना गर्दै एन्फा कप फुटबल प्रतियोगिताको मङ्गलबार उद्घाटन गर्दैछ । दशरथ रङ्गशालामा सञ्चालन हुने सो प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी र झापाको फुटबल क्लब दिउँसो १ बजे आमनेसामने हुनेछन् ।
प्रतियोगितामा ‘ए’ डिभिजनका ६ र मोफसलका दुई गरी आठ टोलीको सहभागिता रहने छ । नकआउटका आधारमा खेलाइने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा मनाङ मस्र्याङ्दी क्लब, झापा फुटबल क्लब, सशस्त्र प्रहरी बल (एपिएफ) र थ्रिस्टार क्लब तथा समूह ‘बी’ मा सङ्कटा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब र मोरङ फुटबल क्लब छन् ।
त्यस्तै ‘ए’ डिभिजनमा रहेका सरस्वती युवा क्लब, फ्रेन्ड्स क्लब, मच्छिन्द्र क्लब र हिमालयन शेर्पा क्लबले प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् । गत वर्ष भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको विवादित विषयमा उक्त चार क्लबले चित्तबुझ्दो जवाफ नदिएको भन्दै अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रतिबन्ध लगाएको छ ।
यही भदौ २५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेता टोलीले रु १० लाख त था उपविजेता टोलीले रु पाँच लाख पाउने छन् । त्यस्तै सेमिफाइनलिस्टले रु एक लाख प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि पाउने एक खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन् ।
यसैगरी प्रतियोगितामा उत्कृष्ट हुने फरवार्ड, मिडफिल्ड, डिफेन्स र गोलरक्षक र प्रक्षिकले जनही रु ५० हजार प्राप्त गर्नेछन् ।
उक्त प्रतियोगितामा करिब सात हजार दर्शकले मात्र खेल हेर्न पाउने छन् । रङ्गशाला निर्माणाधीन हुँदा सीमित दर्शकले मात्र खेल हेर्न पाउने आयोजक एन्फाले जनाएको छ । रङ्गशालाको विशिष्ट श्रेणीतर्फ र उत्तरपट्टिको साधारण प्यारापिटतर्फबाट मात्र दर्शकले खेल हेर्न पाउने छन् । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह चरणकाे अन्तिम खेलमा आज (मंगलबार) समूह ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’का खेलहरू हुँदैछन् ।

काठमाडौं।आठौंपटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब (एमएमसी) का प्रशिक्षक फुजा तोपे नेपाल आइपुगेका छन् । मंगलबार

अमेरिकाले चीनको राजधानी बेइजिङमा हुने हिउँदे ओलिम्पिकलाई कूटनीतिक रूपमा बहिस्कार गर्ने घोषणा गरेको छ । चीनमा मानव अधिकार उल्लंघनमा घटनामा

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेका नयाँ वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ । आइसिसीले सोमबार सार्वजनिक गरेको