इराकी फौज विद्रोही जिहादीहरूको नियन्त्रणमा रहेको उत्तरी सहर अमेर्ली पुग्यो

१७ भाद्र २०७१, मंगलवार ०९:४० मा प्रकाशित

बग्दाद (एजेन्सी ), भाद्र १६। इराकी फौज विद्रोही जिहादीहरूको नियन्त्रणमा रहेको उत्तरी सहर अमेर्ली पुगेको छ। त्यहाँ हजारौं सहरवासी हतियारबद्ध जिहादीहरूको खतरनाक घेरामा छन्। अमेरिकाले इस्लामी स्टेट (आईएस) नियन्त्रित क्षेत्र विन्दुहरूमा रातभर हवाई आक्रमण गरेपछि इराकी फौजलाई यस्तो सफलता मिलेको हो। सँगसँगै बेलायती, फ्रान्स र अस्टे्रलियाले पनि मानवीय सहायता वितरणमा अमेरिकालाई सघाएका छन्।

अमेर्लीमा करिब १५ हजार अल्पसंख्यक सिया तुर्किसहरू आईएसका लडाकुद्वारा दुई महिनायता घेराबन्दीमा छन्। बीबीसी अरविकलाई सैन्य स्रोतहरूले बताएअनुसार इराकी सेना र स्वयंसेवी लडाकुहरू अमेर्ली नगर पुगेका हुन्। त्यही क्रममा १५ जना आईएस लडाकुसमेत नियन्त्रणमा लिइएका छन्। इराकी सरकारी फौज, सिया मिलिसिया र कुर्दिस पेसमार्ग समूहले सहकार्यमा अमेर्ली यात्रा शनिबार थालेका हुन्। उनीहरूलाई अमेरिकी र इराकी विमानहरूले हवाई कवच प्रदान गरेका थिए।

आमहत्याको त्रास समाचारहरूमा यसलाई आईएस अभियानले इराकका मुख्य क्षेत्रहरूमा दबदबा जमाउन थालेयताको सबैभन्दा ठूलो सरकारी सैन्य कारबाही भनिएको छ।

‘सुरक्षा फौज र स्वयंसेवी लडाकुहरू अमेर्लीभित्र प्रवेश गरिसकेका छन्। उनीहरूले विद्रोहीको नियन्त्रण तोडिसकेका छन्। यसले पक्कै पनि नगरवासीहरूलाई पीडामुक्त तुल्याउनेछ,’ नगरका मेयर अब्देल अल वायतीले रोयटर्सलाई भने।

अमिर इसामेल नामका एक स्थानीयवासीले रोयटर्सलाई फोनमा भने, ‘इराकी सेनाका टयांकहरूले सडकमा गस्ती गरिरहेका छन्। हामीलाई मार्ने धम्की दिइरहेका आतंककारीहरूलाई धपाइएकामा हामी खुसी छौं।’ कुर्दिस नियन्त्रणमा रहेको नगरमा आईएसले नियन्त्रण राखिरहे आमहत्याको घटना हुन सक्ने भय राष्ट्रसंघले समेत प्रकट गरेको छ। आईएसले इराक र सिरियाका विभिन्न क्षेत्रहरूमा अतिवादी घटनाहरू मच्चाउँदै आएका छन्।

जिहादीहरूले अमेर्लीका सिया तुर्किसहरूलाई धर्मद्रोही भन्दै आएका छन्। उनीहरूले पछिल्ला महिना इराकको दोस्रो ठूलो सहर मोसुललगायत ठूल्ठूला क्षेत्रहरू नियन्त्रणमा लिइसकेका छन्।

अबु बकर अल बग्दादीको नेतृत्वमा रहेको आईएसले नियन्त्रित क्षेत्रहरूमा कडा इस्लामिक नियमहरू ल्ाादेको छ। बग्दादीले आफूलाई खालिफ घोषणा गर्दै नियन्त्रित क्षेत्रहरूलाई इस्लामी राज्यको दर्जा दिएका छन्। आईएसको अतिवादी सिद्धान्तले बेलायतलगायतका पश्चिमा देशका जिहादी-प्रत्यासीहरूलाई समेत आकषिर्त गरेको छ। अमेरिकी हवाई आक्रमणको विरोधमा आईएसले अमेरिकी पत्रकार जेम्स फोलीको नृशंस हत्या गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । एसियाली क्षेत्र दुई ध्रुवीय बन्नेतर्फ उन्मुख भएको एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको थिंक ट्यांक लोवी इन्स्टिच्युटको एसिया पावर

जाकार्ता । इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा

लन्डन्।बेलायतमा काेभिडकाे नयाँ भेरियन्ट अ‌ाेमिक्राेन समुदायस्तरमा फैलिएकाे छ । यहाँ एकै दिन अ‌ाेमिक्राेनका सयाैं बिरामी भेटिन थालेका छन् । संसदलाई

केप टाउन । काेभिडकाे नयाँ भेरियन्ट अ‌ाेमिक्राेन देखिएपछि दक्षिण अफ्रिकाका अस्पतालहरु बिरामीले भरिएका छन् । अस्पतालमा बिरामी भरिएपछि दक्षिण अफ्रिकाका

आजको प्रमुख समाचार