झापाको काँकडभिट्टामा बस पल्टियो, १६ घाइते

१७ भाद्र २०७१, मंगलवार ०९:३७ मा प्रकाशित

झापा, १७ भदौ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको काँकडभिट्टास्थित पूरानो भन्सार नजिकै यात्रु बाहक बस पल्टिएर दुर्घटनाग्रस्त हुँदा १६ जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएका मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई उपचारका लागि भारतको सिलगढी तर्फ पठाइएको स्थानिय प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार धरानबाट काँकडभिट्टाका लागि आएको को.१.ख २६५५ नम्बरको चन्द्रमा ट्राभल्स बस बिहान अन्दाजी साढे ७ बजे तिर दुर्घट्ना भएको थियो । सडकमा एक मोटरसाइकलले बाटो क्रस गर्न लाग्दा त्यसलाई बचाउने उद्देश्यले बस चालककले अचानक ब्रेक लगाउँदा दुर्घट्ना भएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त बस राजमार्गबाट ५० मिटर पर पुगेर पल्टेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई सौराहामा खान र बस्नको व्यवस्था गरिएको छ

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने