बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

१७ भाद्र २०७१, मंगलवार ०७:५२ मा प्रकाशित

Finance-Minister-Meetingकाठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले अर्थ मन्त्रालय अन्तर्गतका शाखा प्रमुखहरुलाई बजेटको प्रभावकारी कार्यानवयन गर्न निर्देश्न दिएका छन् । बजेट कार्यान्वयनका बारेमा बूँदागत कार्ययोजना माथि छलफल गर्दै सोमबार महतले कार्ययोजनालाई तत्काल अन्तिम रुप दिन निर्देशन दिए ।
नयाँ आर्थिक सुधारसँग सम्वन्धित सबै ऐन कानूनहरुलाई पुस यता नै मस्यौदा तयार गर्न निर्देशन दिए । उनले अपार्टमेन्ट खरिदमा गैरआवासीय नेपालीहरुलाई प्रोत्साहित गर्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याउन पनि निर्देशन दिए ।
नयाँ बिचार भएका तर लगानीयोग्य पुँजी नभएका साना र मध्यम व्यवसायीहरुलाई उपलब्ध गराउने भनिएको स्टार्ट अप फण्डमा दाता संस्थाहरुको सहयोग पनि जुटाएर कोषलाई ठूलो बनाएर उद्यमशिलताको विकासमा उल्लेख्य भूमिका निर्बाह गर्न सकिने महतले बताए ।
सार्वजानिक संस्थानहरु बोझको रुपमा रहेकाले बन्द गर्ने, भाडामा दिने वा निजीकरण गर्ने भन्नेमा ठोस मोडल तयार गर्न निर्देश्न दिए ।
बजेटमा उल्लेख भएको कर पुनरावलोकन आयोग गठन, युवा स्वरोजगार कोषको पुनसंरचना, चोभारस्थित कन्टेनर डिपो निर्माणका बारेमा पनि सो अवसरमा छलफल भएको थियो ।
छलफलमा राजस्व महाशाखाका प्रमुख राजन खनाल, अनुगमन महाशाखाका प्रमुख रामशरण पुडासैनी, आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख नवराज भण्डारी, बजेट महाशाखाका प्रमुख बैकुण्ठ अर्याल, प्रशासन महाशाखाका प्रमुख शिशिरकुमार ढुंगाना, अन्तर्राष्ट्रिय सहयोग समन्वय महाशाखाका प्रमुख मधुकुमार मरासिनी, संस्थान समन्वय महाशाखाका प्रमुख कृष्णप्रसाद देवकोटा लगायत मन्त्रालयका कर्मचारीहरु सहभागि थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

काठमाडौँ । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा