मैले क्यान्सरलाई खाइसकेँ :: प्रधानमन्त्री कोइराला

१७ भाद्र २०७१, मंगलवार ०७:४६ मा प्रकाशित

Sushil-Koirala-Pmकाठमाडौँ, १६ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले आफूलाई क्यान्सरले पनि केही गर्न नसक्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान प्राकृतिक प्रकोपपीडितहरुका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने राहत रकम ग्रहण गर्ने क्रममा प्रधानमन्त्री सुशील कोइरालाले आफूलाई क्यान्सरले पनि केही गर्न नसक्ने र क्यान्सरलाई आफूले खाइसकेको बताए ।

देशको विकासका लागि काम गर्ने समय आएको पनि बताउँदै प्रधानमन्त्री कोइरालाले ६० वर्षदेखि मुलुक अँध्यारोमा रहेको हुँदा विकासका प्रयासमा साथ दिन आग्रह गरे ।

हालै नेपाल भ्रमणमा आउनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देखाउनुभएको सद्भावलाई सदुपयोग गर्न पनि प्रधानमन्त्री कोइरालाले आग्रह गरे । “भारतले जुन सौहार्दता देखाएको छ, त्यसको सम्मान गर्नुपर्दछ र समानताको आधारमा सम्बन्ध विकसित गर्नुपर्दछ, नेपाललाई तल पारेर गर्नु हुँदैन ।”

प्रधानमन्त्री कोइरालाले नेपालमा जनताले चाहेजस्तो राजनीतिक प्रणाली प्राप्त भइसकेको अबको समय विकास निर्माणमा लगाउनुपर्ने विचार व्यक्त गरे । “अब देशमा शान्ति, स्थायित्व, लोकतन्त्र र लोकतान्त्रिक संविधान आउँछ, नेपालले उज्यालो पाउँछ ।”

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो