‘तीन घुम्ती’ अब सिनेमाको पर्दामा

१७ भाद्र २०७१, मंगलवार ०७:३७ मा प्रकाशित

teen-ghmti-on-cinemaकाठमाडौं । पछिल्लो समय साहित्यिक कृतिमा आधारित रहेर सिनेमा बन्ने क्रम बढ्दै जाँदा विश्वेश्वरप्रसाद कोइरालाको चर्चित कृति ‘तीन घुम्ती’मा आधारित रहेर चलचित्र बन्ने भएको छ । चलचित्रलाई बाबुराम ढकालले निर्देशन गर्दै छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति संरक्षक रहेको ‘बीपी कोइराला स्मृती प्रतिष्ठान’सँग ‘तीन घुम्ती’मा आधारित रहेर चलचित्र निर्माणका लागी अनुमति लिइसकिएको बताइएको छ ।

सामिप्य तिमिल्सिनाको पटकथा तथा संवाद रहने यो चलचित्रमा अभिनय गर्ने कलाकारहरुको टुंगो लाग्न भने बाँकी छ । ‘कर्मा प्रोडक्सन’को ब्यानरमा तयार हुने चलचित्रको छायांकन तिहारपछि हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव

काठमाडौं । गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीतसमेत गायक अधिकारीकै