नेपाली नागरिकताको निरन्तरता अब बन्ने संबिधानमा सुनिश्चित: मन्त्रि साउद

१७ भाद्र २०७१, मंगलवार ०६:३४ मा प्रकाशित

LA janaलस एन्जलस । सिंचाई मन्त्रि एनपी साउदले गैर आवशीय नेपालीहरुको चासो र चिन्ताको बिषय बनेको नेपाली नागरिकताको निरन्तरता अब बन्ने संबिधानमा सुनिश्चित गर्न मुख्य राजनीतिक दलहरु तयार रहेको बताएका छन् । जन सम्पर्क समिति लस एन्जलस च्याप्टरद्वारा शनिबार दक्षिण क्यालिफोर्नियामा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि साउदले यस्तो विचार व्यक्त गरेका हुन् । भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि साउदले भने, ‘ देश संबिधान निर्माणको जटिल प्रक्रियामा जुटेको हुँदा सकारका अन्य कामकारवाहीमा ढिलासुस्ती देखिए पनि समयमा संबिधान बनाउन बर्तमान सरकार प्रतिबद्ध रहेको छ ।’ उनले गैर आवशीय नेपालीहरुको रेमिटेन्सले चलेको देशको अर्थ तन्त्र भएका कारण प्रवाशी नेपालिहरुलाई मातृभुमिले सदैब सम्झने बताए । नेपाली डायस्पोरा संसारभरी फैलिनु नेपाली जातिको समृद्धिको पहिचान भएको बताउदै दक्ष कामदार विश्व श्रम बजारमा पुग्न सके देशको समृद्धिमा टेवा पुग्ने समेत बताए । उनले अमेरिकामा रहेका काँग्रेस समर्थकहरुको किचलो र बिबादले अमेरिकन नेपालीको छविमा ढक्क पुगेको बताउदै आगामी दिनमा संसारकै बृहद प्रजातान्त्रिक मुलुक अमेरिकामा बस्ने नेपालीको क्षमता देशले उपयोग गर्न लायक हुने सुभेक्षा व्यक्त समेत व्यक्त गरे । अन्तरक्रिया कार्यक्रमलाई बाणिज्य दुत ऋषि ढकाल, जन सम्पर्क समिति लस एन्जलस च्याप्टरका सभापति मदन पाठक, गैर आवशीय नेपाली संघ अन्तराष्ट्रिय परिषद्का सदश्य राजेन्द्र सिवाकोटी, गैर आवशीय नेपाली संघ अमेरिकाका बलराम थापा लगायतका बक्ताले अमेरिकाको पश्चिम भेगमा बस्ने नेपालीले भोग्नु परेको राहदानी सहजीकरण बारे मन्त्रि साउदको ध्यान आकृष्ट गरेका थिए । अन्तरक्रिया कार्यक्रम जन सम्पर्क समिति लस एन्जलस  च्याप्टरका सचिब गंगा बस्नेतले संचालन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

आजको प्रमुख समाचार