संसद् अवरुद्व गरेर निकास निस्कदैन : प्रधानमन्त्री कोइराला

१५ भाद्र २०७१, आईतवार ०९:४८ मा प्रकाशित

Sushil Koralaकाठमाडौ, १४ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले सहमति जुटाएर संविधान निर्माणको कामलाई तीव्र बनाउनुपर्ने बेलामा संसद् अवरोध गरेर निकास ननिस्कने बताएका छन् ।

प्रधानमन्त्री कोइरालासँग राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष कुलचन्द्र वाग्ले र समितिका समाचारदाताहरुले आज समसामयिक विषयमा राखेको जिज्ञासामा कोइरालाले संसद्मामा हुने अवरोधले संविधान निर्माणको कामलाई बाधा पुग्ने धारणा राखे ।

“संसद् अवरुद्व गर्न हुँदैन त्यसले संविधान निर्माणलाई बाधा पु¥याउँछ अपजस उहाँहरुमाथि ( प्रतिपक्षी दल) जान्छ, मैले एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालसँग अनुरोध गरेको छु कि यस्तो नगरौँ भनेर किनकि तपाईंहरुको र हाम्रो पनि संविधान चाँडो आओस् भन्ने नै चाहना छ”, प्रधानमन्त्री कोइरालाले भने ।

शान्ति प्रक्रियालगायत हालसम्मका काम वार्ता र सहमतिका आधारमा समाधान भएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले वार्ताका माध्यमबाट किन समाधान गर्न सकिँदैन भन्ने प्रश्न गरे । “त्यसैले म आग्रह गर्छु, संसद्मा व्यवधान गर्नुहुँदैन, यसबारेमा मेरो उहाँहरुसँग कुरा भइरहेको छ”, प्रधानमन्त्रीले भने ।

कोइरालाले संविधान लेखनको महत्वपूर्ण कार्यलाई तोकिएको समयमै सम्पन्न गर्न सबैलाई साथै लिएर जान र विपक्षी दलबाट भएको मागलाई भने छलफल गरेर निकास निकाल्न आफू प्रतिबद्ध रहेको उल्लेख गरे । चारबुँदे सहमति कार्यान्वयनका लागि विपक्षी दलहरुले उठाएको मागको सम्बन्धमा सोधिएको एक प्रश्नमा प्रधानमन्त्री कोइरालाले भने, “निकास त दिनुपर्छ, यसैमा हामी अल्झेर बसिराख्न हुँदैन, छलफल गरेर निकास निकाल्नुपर्छ सबैलाई लिएर जानुपर्छ ।”

शान्ति प्रक्रियाका कतिपय कुरा पूरा भएका र संविधान निर्माणको प्रक्रियासमेत नियमित तबरले दु्रत गतिमा अघि बढेको बताउँदै प्रधानमन्त्रीले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनसम्बन्धी काम सुरु भइसकेको सन्दर्भ उल्लेख गरे ।
“एनेकपा (माओवादी) लगायतका दलहरुको पनि सबै पार्टीलाई समेटेर लिएर जानुपर्ने भन्ने भनाइ छ त्यसमा राजनीतिक दलहरुबीच वातावरण निर्माणका लागि छलफल भइरहेको छ”, प्रधानमन्त्री कोइरालाले भने ।

छिटो संविधान निर्माणको काम पूरा गरेर आफूले मुक्ति लिन चाहेको बताउँदै प्रधानमन्त्री कोइरालाले संविधान घोषणा हुनेबित्तिकै प्रधानमन्त्रीले राजीनामा गर्ने हुँदा मुलुकलाई नयाँ गतिका साथ अघि बढाउन लोकतन्त्रमा विश्वास राख्ने दलहरुले संविधान निर्माणको कामलाई तीव्र तुल्याउन कुनै कसर बाँकी राख्न नहुने धारणा व्यक्त गरे । एकदम ठीक छु र नियमित सबै काम गरिराखेको छु
सो अवसरमा प्रधानमन्त्री कोइरालाले आफ्नो स्वास्थ्यलाई लिएर सञ्चार माध्यममा आएको टीकाटिप्पणी गलत भएको स्पष्ट पारे ।

कोइरालाले भने “पत्रपत्रिकामा जुन कुरा आएको छ त्यो गलत कुरा हो, म एकदम ठीक छु, सबै काम गरिराखेको छु,” पाँच पाँचवटा रेडियो थेरापी लिएकाले धेरै काम र धपेडी नगर्नुस् भन्ने सल्लाह र सुझाव हुँदाहुँदै पनि मन्त्रिपरिषद्को बैठक, विभिन्न कार्यक्रम र साथीहरुसँगको भेटघाटजस्ता कार्यलाई नियमितता दिइराखेको प्रधानमन्त्रीले जानकारी दिए

कोइरालाले भने, “पाँच पाँचवटा रेडियो थेरापी लिएकाले धेरै काम नगर्नुस् भन्ने छ, यस्तो थेरापी लिएको मानिसले बिरलै आफ्नो काम यसरी निर्वाह गरिराखेको हुन्छ तर मलाई त एकदम ठीक छ ।”

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार