आरोही जुनिता सम्बाहाम्फे सम्मानित, सम्बाहाम्फेद्वारा हिमालय बचाउन आग्रह

१५ भाद्र २०७१, आईतवार ०९:४४ मा प्रकाशित

Junita Subbaकाठमाडौ, १४ भदौ । किरात याक्थुङ चुम्लुङको रजत जयन्तीका अवसरमा लिम्बु जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङले सगरमाथा आरोही एवं संसार प्रसिद्ध सात महादेशका उच्च हिमाल आरोहण अभियानमा अमेरिकामा रहेकी जुनिता सम्बाहाम्फे, फिल्म निर्देशक नविन सुब्बालगायत दर्जनभन्दा बढी लिम्बु प्रतिभाहरुलाई सम्मान गरेको छ ।

शन २००९ को मे १९ मा सगरमाथा आरोहण गरेकी लिम्बु महिला जुनिता सम्बाहाम्फेले सोहि बर्ष संसार प्रसिद्ध सात महादेशका उच्च हिमाल आरोहण अभियान अन्तर्गत रसियाको एल्ब्रस हिमाल आरोहण गरेकी थिइन् । आफ्नै स्रोत र साधनले हिमालय क्षेत्रको मौसम परिवर्तन र त्यसले पारेको असर बारे विश्व जनमतको ध्यान आकृष्ट गर्ने उद्देश्यले संसार प्रसिद्ध सात महादेशका उच्च हिमाल आरोहण अभियानमा जुटेकी जुनिता सम्बाहाम्फे हाल अमेरिकाको अलास्कास्थित देनाली हिमाल आरोहणको क्रममा रहेकी छिन । हिमालय क्षेत्रको मौसम परिवर्तनले त्यस क्षेत्रको जन जिवनमा आएको परिवर्तनले त्यस क्षेत्र सुख्खा मरुभूमिमा परिणत हुदै गएको बताउदै सात महादेशका उच्च हिमाल आरोहण अभियानमा जुटेकी जुनिता सम्बाहाम्फेले यस तर्फ सम्पूर्ण विश्वको ध्यान आकृष्ट गर्न नसकिए हिमालय क्षेत्रको जन जिवन अन्त्य हुने बताएकी छिन । सम्बाहाम्फेले हिमालय क्षेत्रको नागरिकहरुको भबिष्य सुनिश्चित गर्न राष्ट्रसंघ र सरोकार वाला निकायहरुले अबिलम्ब प्रभावकारी कदम उठाउन समेत ध्यान आकृष्ट गरेकी छिन । विश्व जनमतको ध्यान आकृष्ट गर्ने उद्देश्यले संसार प्रसिद्ध सात महादेशका उच्च हिमाल आरोहण अभियानमा जुटेकी जुनिता सम्बाहाम्फेले आफ्नो अभियानमा सहयोग गर्न आग्रह गर्दै आर्थिक, नैतिक बल प्रदान गर्ने सबैलाई धन्यवाद ज्ञापन समेत गरेकी छिन ।

चुम्लुङको रजत वर्षका अवसरमा समाजका विविध क्षेत्रमा योगदान गर्ने वरिष्ठदेखि नवप्रतिभासम्मलाई गत बिहीबार ललितपुरमा आयोजित किरात याक्थुङ चुम्लुङको रजत जयन्तीका अवसरमा सम्मान गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति बैरागी काइँलाले उक्त सम्मान प्रदान गरेका हुन् ।

सम्मान पाउनेमा कीर्तिमानी आरोही जुनिता सम्बाहाम्फे लगायत गीत संगीततर्फ प्रेम पन्धाक, सुनिता सुब्बा, पवित्रा सुब्बा, राजेश पायल राई, फिल्म निर्देशक किशोर सुब्बा, अभिनयतर्फ शोभा खजुम, प्रेम सुब्बा, नायिका सिर्जना सुब्बा, पूर्व मिस नेपाल माल्भिका सुब्बा, मिस नेपाल सुविन लिम्बु, प्रथम मिस लिम्बु निलिमा मादेन, मिस मङ्गोल मुस्कान नेम्बाङ, दोस्रो मिस लिम्बु मेरिना पोमो रहेका छन् ।

त्यसैगरी भाषा, साहित्य, लिपि (फन्ट निर्माण) तर्फ येहाङ लाओती, अमर तुम्याहाङ, करुण थापा, मुन्धुम तथा संस्कृति, किपट अनुसन्धानतर्फ डा. नारायण सङ्ग्रौला, विक्रम सुब्बा, राजेश्वर थापा, गोपीकृष्ण अधिकारी, डा. गोबिन्दब. तुम्बाहाङ, कमल मादेन, कमल तिगेलालगायत सम्मानित भएका छन् ।

त्यस्तै, पत्रकारितातर्फ रीता लिम्बु, राजकुमार दिक्पाल, राम मादेन, देवेन्द्र सुर्केली, प्रतिमा माखिम, सेन्छेलुङ लिम्बु, मिलन लिम्बु, गोमा चेम्जोङ, ऋतु थेबे, मनुता काम्बाङ, गणेश राई, धनबहादुर फागो, डीबी आङ्बुङ, कल्पना तुम्रोक, विश्वासदिप तिगेला, सुरेन्द्रकुमार इङ्नामलगायतले प्रशंसापत्र पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

आजको प्रमुख समाचार