सभासद मनोनयन प्रक्रिया प्रति एमाले सचिब योगेश भट्टराइको आपत्ति

१५ भाद्र २०७१, आईतवार ०९:४२ मा प्रकाशित

yogesh-bhattaraiकाठमाडौ, १५ भदौ । एमाले सचिव योगेश भट्टराईले पार्टीको सिफारिसमा मन्त्रिपरिषद्ले मनोनयन गरेको सभासद एकलौटी ढंगले चयन गरिएको भन्दै अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकृष्ट गरेका छन् । सचिब भट्टराईले अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र लेख्दै सभासद मनोनयन अलोकतान्त्रिक प्रक्रियाले चयन गरिएकोमा आपत्ति जनाएका हुन् ।

ध्यानाकर्षण पत्रमा सचिब भट्टराईले भनेका छन्, ‘पदाधिकारीको कुनै बैठक नबोलाई र अघिल्लो बैठकले दिएको जिम्मेवारीलाई प्रक्रियागत रूपमा पूरा नगरी भदौ १४ गते नेकपा  (एमाले) का तर्फबाट आठ जनाको नाम प्रस्तुत भएको कुरा सञ्चार माध्यमबाट थाहा पाउनुपर्दा म आफैं लज्जित भएको छु।’ ध्यानाकर्षण पत्रमा सचिब भट्टराईले अगाडी भनेका छन्, ‘घटनाले पार्टीलाई अनपेक्षित संकटतिर धकेल्ने कोसिस भइरहेको छ भन्ने आभास भएको छ,’ उनले जोड दिएका छन्, ”त्यसमा पनि अध्यक्षबाटै यस्तो अलोकतान्त्रिक, अपारदर्शी तथा छलकपटपूर्ण कार्यको अगुवाइ हुनुले पार्टीको सार्वजनिक छविमा कस्तो असर पर्ला? सबैले गम्भीर भएर सोच्नुपर्ने भएको छ।’

सचिब भट्टराईले संसदीय दलमा कुनै छलफल नगरी सभासद मनोनयन गरिएको बताएका छन्। एमालेका तर्फबाट ८ जना सभासद मनोनयनमा परेका थिए। भट्टराईले अध्यक्षको यस्तो कामले पार्टीको आगामी काममा विवाद र अवरोध हुने चेतावोनी समेत दिएका छन्। निर्णयहरूमा भएका प्रक्रियागत कमजोरीलाई सच्याउन तुरुन्तै औपचारिक तथा संस्थागत कदम चाल्न पनि उनले पत्र मार्फत आग्रह गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार