संविधानसभा विघठन हुने भयो भन्दै रोए माओवादी उपाध्यक्ष

१३ जेष्ठ २०६९, शनिबार १८:२९ मा प्रकाशित

काठमाडौ, १३ जेठ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकासले भक्कानिदै अब मुलुकमा संविधान पनि जारी नभई संविधानसभा विघठन हुन लागेको बताएका छन् ।
उनले काग्रेस र एमालेले संविधानका विवादित विषय सहमति गर्न लचक पनि नहुने र विवादित विषयलाई संविधानसभामा पनि लैजान नदिने निरकुंश शैलीमा प्रस्तुत भएको भन्दै यस्तो अवस्थामा संविधानसभा बच्न नसक्ने बताए ।
उनले संविधानसभाको राज्यपुर्नसंरचना तथा राज्यशक्तिको बाडफाड समितिले बहुमतले पारित गरेको प्रतिवेदनलाई नमानेर एमाले र काग्रेसले संविधानसभाको अपमान गरेको भन्दै काग्रेस र एमाले संविधान निर्माणका विषयमा संबेदनशिल नबनेको आरोप लगाए ।
उनले भने– संविधानका विवादित विषयमा संबेदनशिल भएर लाग्नु पर्ने बेलामा एमाले सरकार परिवर्तनकोलागी अविश्वासको प्रस्ताव ल्याउन लागेको भन्दै आक्रोस ब्यक्त गरे ।
उनले एमाले र काग्रेस नयाँ सहमति गर्नु भन्दा पनि पुरानै कुरा ल्याएर अड्को थाप्न ब्यस्त रहेको भन्दै आफूहरुले एजेण्डमा आउँ भन्दा पनि नआएपछि अवस्था जटिल बनेको बताए ।
उनले संविधानसभामा जान नमान्ने काग्रेस र एमालेलाई लोकतन्त्रको मसिहा भन्ने कुनै हैसियत नभएको बताए ।
उनले संविधानसभाका दुई तिहाई सदस्य जातीय पहिचानको पक्षमा उभिएपछि दुई दल त्यसको विरोधमा गएको भन्दै त्यसले संकट ल्याएको बताए ।
उनले आफूहरु शान्ति संविधान र राष्ट्रिय स्वाधिनताको विषय रहेको भन्दै चार वर्ष छलफल गरेको विषयलाई संविधानसभामा लान अस्विकार गरेर संविधानसभा विघठन गर्न खोजेको आरोप लगाए ।
सूचना तथा सन्चारमन्त्री राजकिशोर यादवले काग्रेस र एमाले संविधानसभामा जान नचाहेको भन्दै सहमतिको बाधक पनि उनीहरुनै भएको आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

लमजुङ: जिल्लामा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा वृद्धि भएको छ । महिला तथा बालबालिका हराउनुमा बैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको

काठमाडौँ । काठमाडौँस्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारीलाई निवासबाहिर ननिस्कन निर्देशन दिएको छ । नेपाल सरकारले चैत १६ देखि लकडाउन घोषणापछि

विर्तामोड । मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–७

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दर्ता गराउनुभएको रिट निवेदनमा सर्वोच्च अदालतले