संविधान जारी गर्ने समय नजिकिँदै गर्दा राजधानीको सुरक्षा व्यवस्था कडा

१३ जेष्ठ २०६९, शनिबार १७:४५ मा प्रकाशित

काठमाडौ, १३ जेठ । संविधान जारी गर्ने समय अब केही घण्टामात्रै बाँकी रहँदा राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ । विभिन्न जातीय राज्य कायम हुनुपर्ने माग गर्दै आन्दोलनरत् पक्ष र विपक्षमा रहेका समूहबीच हुनसक्ने झडप तथा आन्दोलनरत् पक्षबाट हुनसक्ने उच्छृङ्खल गतिविधि नियन्त्रणका लागि राजधानीमा मात्रै करिब १० हजारको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।  प्रहरी प्रवक्ता धिरजप्रताप सिंहले राजधानीको सुरक्षा व्यवस्थामा कुनै किसिमको खलल नपुगोस् भनेर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र सम्वेदनशील क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिनुभयो ।  उहाँका अनुसार संविधानसभा भवन नयाँबानेश्वरमा भइरहेका ¥याली, घेराउ, विरोधसभाजस्ता कार्यक्रमलाई दृष्टिगत गर्दै प्रहरी नायब उपरीक्षक बसन्त पन्त र शान्ति बस्नेतको नेतृत्वमा ६४० जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।  राजधानीमा केही समयअघिदेखि बढाइएको सुरक्षाकर्मीको सङ्ख्यामा आजबाट वृद्धि गरी नेपाल प्रहरीका तीन हजार ४००, सशस्त्र प्रहरीका एक हजार ४०० र सादा पोसाकका २०० जनाभन्दा बढीको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रवक्ता सिंहले बताउनुभयो ।  प्रहरीले राष्ट्रपति भवन शीतलनिवास, उपराष्ट्रपति भवन कान्तिपथ, प्रधानमन्त्रीनिवास बालुवाटार, राजनीतिक दलका शीर्ष नेताहरूको आवासलगायत उच्च पदाधिकारीहरूको निवासवरपर पनि चौबिसै घण्टा तालिम प्राप्त कुकुरसहित ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।  संविधान जारी गर्ने समय नजिकिँदै गर्दा विभिन्न जातीय मुद्दासम्बन्धी माग राख्दै राजधानीमा विगत दुई सातादेखि प्रदर्शन, ¥याली, विरोधसभाजस्ता गतिविधि बढ्दै गएपछि प्रहरीले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्दै आइरहेको छ ।  प्रहरीले राजधानीका विभिन्न ठाउँमा बम डिस्पोजल टोली, पानीको फोहरा फ्याँक्ने ट्याङ्कर, ठूलाठूला प्रहरी भ्यानहरू पनि तैनाथ गरिएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई

लमजुङ: जिल्लामा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा वृद्धि भएको छ । महिला तथा बालबालिका हराउनुमा बैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको