काग्रेस र एमालेको नयाँ प्रस्ताव सुनेर प्रचण्ड जुरुक्कै उठेपछि मधेसी मोर्चासहित तीन दलको शिर्ष बैठक फेरि निष्कर्स विहिन

१३ जेष्ठ २०६९, शनिबार १६:२६ मा प्रकाशित

काठमाडौ, १३ जेठ । प्रदेशको संख्या र प्रदेश निर्माणको आधारको विषयमा लामो समयदेखि कायम रहेको विवादमा सहमति जुटन नसक्दा संविधानसभाको म्याद सकिन एक दिन मात्र बाँकी रहँदा शनिवार अपरान्ह भएको तीन दलको बैठक फेरि पनि विनानिष्कर्स सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा माओवादी र मधेसी मोर्चाले जातीय पहिचानसहित १० वा १४ प्रदश हुनु पर्ने संयूक्त अडान कायमै राखेका थिए ।
बैठकमा एमाले र काग्रेसले  जातीयताका ५ र पहिचानका ७ आधारसहित ६ देखि १४ वटा सम्म प्रदेश निर्माण गर्न सकिने नयाँ प्रस्ताव राखेको थियो ।
बैठकपछि नेपाली काग्रेस संसदीय दलका नेताले आफूहरुको प्रस्ताव माओवादी अध्यक्ष प्रचण्डले सुनेर अ तपाईहरुको प्रस्ताव सुने भनेर जुरुक्क उठेर हिडेको बताउँदै त्यसपछि आफूहरु पनि उठेर हिडेको जानकारी दिए ।
दलहरु आ—आफ्नै अडानमा रहेका कारण बैठक निष्कर्षमा पुग्न नसकेको बैठक पछि एमाले नेता झलनाथ खनालले जानकारी दिनुभयो । बैठकमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पनि सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

काठमाडौं । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल(वीर)को प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमलाई हटाएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा

कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुनुहुन्छ । उहाँको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर