सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याउने अन्तिम तयारीमा काग्रेस, एमाले र माओवादीको बैद्य पक्ष

१३ जेष्ठ २०६९, शनिबार १६:२० मा प्रकाशित

काठमाडौ, १३ जेठ । नेपाली काग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीको बैद्य समूह प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा जुटेका छन् । उनीहरुले आ आफ्ना दलका सभासदहरुलाई अविश्वास प्रस्तावकोलागी हस्ताक्षर अभियान नै सुरु गरिसकेका छन् । यसक्रममा नेपाली काग्रेसका करिब १ सय सभासदहरुले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरिसकेका छन् भने काग्रेसले बाँकी सभासदलाई समेत हस्ताक्षरकोलागी संसदीय दलको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । यता एमालेले आज संसदीय दलको बैठकबाट अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने अभियान सुरु गरे पनि आदीबासी जनजाती सभासदहरुको आपत्तिका कारण पूर्णता पाउन सकेको छैन । आदीबासी जनजाती सभासदहरुले विभिन्न दलका आदीबासी जनजाती सभासदवीच भएको गठबन्ध भत्काउने गरी नेतृत्वले प्रस्ताव ल्याएको भनि आलोचना गरेका थिए ।यद्यपि एमालेले आन्तरिक रुपमा हस्ताक्षर संकलन अभियान भने जारी राखेको बताईएको छ ।
यता माओवादीको बैद्य समूहले यसअघिनै हस्ताक्षर संकलन गरे पनि हस्ताक्षर गर्नेले आफ्नो हस्ताक्षरको दुरुपयोग गरेको भन्दै आपत्ति प्रकट गरे पछि पुन हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । जसको नेतृत्व नेतृ पम्फा भुसालले गरिरहेकी छिन ।
दलहरुले भोली सम्म सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने गरी तयारी गरिरहेको बुझीएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

रुपन्देही । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र,