बस दुर्घटनामा १५ घाइते

१ भाद्र २०७१, आईतवार १५:४८ मा प्रकाशित

पर्वत, १ भदौ । पर्वतको  सदरमुकाम कुस्मा नजिकै भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ ।

कुस्माबाट बागलुङतर्फ जाँदै गरेको ग१ख २७५३ नम्बरको बसले पोखराबाट कुस्मातर्फ आउँदै गरेको ना ५ ख ३१७९ नम्बरको बसलाई ठक्कर दिँदा  कुस्मा नगरपलिका–८ रिठेखोलामा बिहान साढे ११ बजे दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा घाइते हुनेमा बागलुङ भकुण्डे–१ की कमला थापा, पर्वतको पाङ–२ की २९ वर्षीया लीला नेपाली, बागलुङ नगरपालिका–१ का  १८ वर्षीय केशव थापा, पर्वतको खुर्कोटका ५० वर्षीय बाबुराम सुवेदी, बागलुङ नगरपालिका–९ का १६ वर्षीय सुरज बस्याल, बागलुङको जैदी–७ का ३५ वर्षीया सुनिता परियार र पर्वतको पाङ–१ की २६ वर्षीया पवित्रा पौडेल रहेका छन् ।

यस्तै, पर्वतकै पाङ–२ का ३२ वर्षीया सीता रिमाल, बागलुङको अर्जेवा–९ की ३४ वर्षीया मञ्जु क्षेत्री, पर्वतको पाङ–२ की ३८ वर्षीया जुना नेपाली, कुश्मा नगरपालिका–९ का ४५, वर्षीया राजेन्द्र नेपाली र बागलुङ बीउका १९ वर्षीया नारायण कँडेल घाइते भएका छन् ।

घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । कुस्माबाट बागलुङतर्फ जाँदै गरेको आइसर बस ब्रेक फेल भएपछि सडकबाट करिब १० मिटर माथि चढेर रिठेखोलामा खसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

बागमती । बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएको छ । यस प्रदेशमा १८ लाख ७२

आजको प्रमुख समाचार