छ महिनामा ५४ जनाको उद्धार

१ भाद्र २०७१, आईतवार १९:३० मा प्रकाशित

भीमदत्तनगर, १ भदौ । मानव बेचबिखनविरुद्ध कार्यरत संस्था माइती नेपाल कञ्चनपुरले बितेका छ महिनामा ५४ जनाको उद्धार गरेको छ ।
उनीहरुलाई सीमा नाका गड्डाचौकी तथा अन्यत्रबाट उद्धार गरिएको माइती नेपाल कञ्चनपुरले जनाएको छ ।
माइती नेपालको महेन्द्रनगरस्थित कार्यालयमा गएको छ महिनामा खोजतलासका लागि १३३ निवेदन परेका थिए ।
जसमध्ये नौजनामात्र फेला परेका छन् । १२४ जनाको कुनै अत्तोपत्तो छैन । उद्धार गरिएका मध्ये बेचबिखनको जोखिममा रहेका ५० जनालाई सीमा नाका गड्डाचौकीमा रोकथाम गरिएको हो ।
चारजनालाई भारतका विभिन्न ठाउँबाट उद्धार गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताए । ‘उद्धार गरिएका सबैलाई पारिवारिक पुनर्मिलन गराई अभिभावकको जिम्मा लगाइएको छ,’ उनले भने ।
छ महिनामा माइती नेपाल कञ्चनपुरले सीमा नाका गड्डाचौकीमा तीन हजार ५०० भन्दा बढीलाई मानव बेचबिखन तथा सुरक्षित बसाइँसराइका बारेमा परामर्श दिइएको संयोजक भट्टले जानकारी दिए ।
मानव बेचबिखनका लागि भारतसँग सीमा जोडिएका देशका अन्य नाकाभन्दा गड्डाचौकी संवेदनशील रहेको छ । भारतको राजधानी दिल्लीलगायतका सहरहरु यहाँबाट नजिकै पर्छन् । सहजै भारतका ठूला सहरसम्म पुग्न सकिने हुँदा दलालको ध्यान गड्डाचौकीतर्फ केन्द्रित रहेको पाइन्छ ।
सुरक्षाको फितलो उपस्थिति तथा न्यून सङ्घसंस्थाको छेकबारले दलालहरु बिनारोकतोक भारत पस्न सकेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । खोटाङमा प्रसूति व्यथाका कारण स्वास्थ्य अवस्था गम्भीर भएका गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलिकोप्टर सेवामार्फत उद्धार गरिएको

बैतडी । कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि भारतले आफ्नो देश प्रवेशका नाकाहरुमा कडाई गरेको छ । भारतले

काठमाडौँ । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई यही मङ्सिर २३ गते बिहिबार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिने भएको छ।

गलेश्वर । म्याग्दीको अत्यन्तै दुर्गम गुर्जामा सडकको पहुँच नपुग्दा अझैसम्म पनि चर्को भाडा तिरेर खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता