बृहत्तरले कब्जा गरेको धर्मशाला खाली भएन

१ भाद्र २०७१, आईतवार २२:३२ मा प्रकाशित

जनकपुरधाम, १ भदौ । करिब एक सय वर्षको लामो इतिहास बोकेको जनकपुर नगरपालिका–४ स्थित ऐतिहासिक गोपाल धर्मशाला बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले कब्जा गरेको तीनसाता बितिसक्दा पनि खाली गरेको छैन ।

जिल्ला प्रशासन कार्यालय धनुषाले साउन ९ गते परिषद्लाई पत्र लेखी पूर्ववत् रुपमा धर्मशाला सञ्चालन गर्न दिन निर्देशन दिएको थियो ।

सो धर्मशालामा आर्थिक अनियमितता भएकाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटाँैडा जिल्ला प्रशासन कार्यालयलाई उजुरी प्राप्त भएपछि क्षेत्रीय  कार्यालयले  साउन २९ गते पत्रलेखि बृहत्तरलाई सो धर्मशाला पूर्ववत् रुपमा सञ्चालन हुन दिन अनुरोध गरेका थिए ।

बृहत्तरलाई पठाएको पत्रमा उक्त धर्मशालाको व्यवस्थापन कार्य परिषद्बाटै सञ्चालन गर्न थालिएको बुझिन आएकाले सो कार्यबाट अनुसन्धानमा प्रभावित पर्ने हुँदा धर्मशालालाई पूर्ववत् रुपमा सञ्चालन गर्न निर्देशन दिइएको थियो ।

गोपाल धर्मशालालाई बोदार्थ दिइएको सो पत्रमा धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाको हस्ताक्षर रहेको छ ।

भारतको कोलकता निवासी रायबहादुर बलदेव दास र रामेश्वर नाखानीले इस्वी सन् १९२६ मा निर्माण गरेको सो धर्मशालामाथि गत असार १ गते एमाओवादीले कब्जा गरेको छ । मन्दिरभित्र रहेको दानपेटिकामा समेत उनीहरुले तालाबन्दी गरेपछि पूजापाठसमेत प्रभावित भएको छ ।

गरिब तथा निमुखाका लागि सो धर्मशाला सस्तोमा उपलब्ध हुँदै आएकामा अहिले जथाभावी रुपमा रकम उठाउँदा विवाह, व्रतबन्ध गर्न आउने व्यक्ति प्रभावित भएको धर्मशालाका पूर्व व्यवस्थापक राजकुमार झाले बताउनुभयो  ।

पहिले भारतीय गाडीको एक दिनको रु १०० देखि ३०० सम्म लिइन्थ्यो भने अहिले रु ३०० देखि एक हजार ६०० सम्म लिने गरेको छ । त्यस्तै पहिले एक दिनको कोठा भाडा रु ५० देखि १०० लिइन्थ्यो भने अहिले रु ५०० देखि ६०० सम्म लिइन्छ । दुईतले सो धर्मशालामा तल्लो भागमा १९ कोठा र माथिल्लो भागमा हलसहित ११ कोठा रहेको छ ।

उक्त धर्मशाला हालसम्म किन खाली भएन भन्ने प्रश्नको जवाफमा परिषद्का अध्यक्ष रामकुमार शर्माले जिल्ला प्रशासन कार्यालयको पत्रको कुनै औचित्य नरहेको जवाफ दिनुभयो । उहाँले भन्नुभयो, “गोपाल धर्मशाला सञ्चालनका लागि धनुषा र महोत्तरी दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जनकपुर नगरपालिकाका कार्यकारी अधिकृत, गुठी संस्थानका प्रमुख, स्थानीय विकास अधिकारी सबैको उपस्थितिमा पत्रकार सम्मेलनमार्फत यसलाई सञ्चालन गर्ने कुरा भएको छ ।”

अब प्रमुख जिल्ला अधिकारीले पत्र लेखे कुनै फरक पर्दैन । उहाँले छिट्टै जानकी मन्दिर, राम मन्दिरलगायतका मठ मन्दिरमा समिति गठन गरी सञ्चालन गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ३ सय ८६ जनाको

झापा।जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै

तनहुँ। दोस्रो लहरको कोरोना सुरू भएपछि भानु नगरपालिका–१३ मिर्लुङकोटको काखमा रहेको टुटेपानी सामुदायिक होमस्टे आठ महिना पाहुनाका लागि बन्द भयो । दोस्रो

कञ्चनपुर।भारतबाट फर्किदै गरेका रोल्पाका छवि रोकामगर अरु साथीहरूसँगै स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा लामबद्ध थिए । लाइन

आजको प्रमुख समाचार