खाद्यान्न असुरक्षाले सतायो

१ भाद्र २०७१, आईतवार १३:१९ मा प्रकाशित

बेरुत, १ भदौ । सिरियामा जारी द्वन्द्वको कारण सिरियाबाट विस्थापित ७४ प्रतिशत परिवार खाद्यान्न सामग्रीको असुरक्षाको पीडित भएका छन् ।

लेबनानमा रहेको संयुक्त राष्ट्र सङ्घीय शरणार्थी सम्बन्धि उच्च आयोग (युएनएचसीआर) ले शनिबार सो खुलाशा गरेको छ ।

शरणार्थीहरूलाई प्रदान गरिएको मानवीय सहयोग मध्य ४१ प्रतिशत खाद्य सामाग्रीले ओगटेको छ । तर प्रदान गरिएको खाद्य सामग्रीको हिनामिना र लुटपाट बढेकाले शरणार्थीहरू पीडित भएका छन् ।

उक्त कुरा युएनएचसीआरबाट प्रकाशित शरणार्थी स्थितिको सम्बन्धी प्रतिवेदनमा जनाइएको छ ।

उक्त प्रतिवेदनमा पहिचान भएका कुल शरणार्थीको सङ्ख्या मध्ये ७० प्रतिशत परिवारको दर्ता भएको छ । उनीहरूले नियमित खाद्य कुपन ‘फुड भौचर’ पाइरहेका छन् ।

४१ प्रतिशतले घरायसी भाँडाकुडा र सरसामान पाइरहेका छन् २५ प्रतिशत नियमित स्वास्थ्य उपचार सेवाबाट लाभान्वित रहेका जनाइएको ।

प्रतिवेदनमा ४० प्रतिशत परिवारको प्रतिपरिवार सातजना वा सो भन्दा बढी सङ्ख्या रहेका छन् । ६५ प्रतिशत परिवारका पाँचवर्ष भन्दा मुनिका बालबालिका समेत रहेको जनाइएको छ ।

लेबनानमा सिरियाबाट विस्थापित भएका शरणार्थी सङ्ख्या ११ लाख नाघिसकेको छ यस वर्षको अन्त्यसम्म यो सङ्ख्या १५ लाख पुग्ने अनुमान समेत गरिएको युएनएचसीआरको पछिल्लो प्रतिवेदनमा उल्लेख गरेको छ । – सिन्ह्वा

 

प्रतिक्रिया
सम्बन्धित खवर

बग्दाद, एएफपी । इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन्

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार

काठमाडौं । तिब्बतका धर्म गुरु दलाई लामालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जन्मदिनको शुभकामना दिएपछि भारतसँग चीन सशङ्कित भएको छ ।

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको