राष्ट्रपतिको चुनाव नयाँ संविधान जारी भएपछि

१ भाद्र २०७१, आईतवार १३:१५ मा प्रकाशित

सप्तरी, १ भदौ । नेकपा ९एमाले०का वरिष्ठ नेता माधवकुमार नेपालले माघ ८ भित्रै मुलुकले नयाँ संविधान पाउने बताएका छन् ।

राजविराजमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले दलहरुको बीचमा संविधानका अन्तरवस्तुहरुको विषयमा गम्भीर रुपमा छलफल जारी रहेकाले माघ ८ गतेभित्रै नेपाली जनताले सङ्घीयतासहितको संविधान पाउने उल्लेख गरे ।

उनले भने, ‘संविधान निर्माणका आधारहरु तयार भइसकेको छ, दलहरुबीच असमझदारी नभए निर्धारित समयमै संविधान बन्छ ।’ सहमतिकै आधारमा संविधान निर्माणमा सबैको जोड रहे पनि सहमतिमा संविधान बन्ने आधार निर्माण नभए प्रक्रियामा प्रवेश गरेर भए पनि संविधान बन्ने उनको कथन थियो ।

संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायतको निर्वाचन हुनुपर्ने बताउँदै उनले संविधान निर्माणमा दलहरु प्रतिबद्ध भएर लाग्नुपर्ने धारणा राखे ।

मधेसप्रति आफ्नो पार्टीको सधैँ सकारात्मक दृष्टिकोण रहँदै आएको बताउँदै उनले मधेस र एमालेको नङ र मासुको सम्बन्ध रहेकाले मधेसको विषयमा आफ्नो पार्टी चिन्तित रहेको बताए ।

एक अर्को प्रसङ्गमा वरिष्ठ नेता नेपालले मुलुकको विभिन्न भागमा गएको बाढी पहिरोका कारण व्यापक रुपमा क्षति भएकाले उद्धार र राहत वितरणको कामलाई तीव्रता दिन सरकारसँग आग्रह गर्नुहुँदै बाढी पहिरोका कारण अवरुद्ध भएको बाटोहरु खुलाउने काम भइरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

आजको प्रमुख समाचार